×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विपिनको टाउकोमा गो ली, आज महाकालीमा महाप्रस्थान

५ कार्तिक २०८२

४ कार्तिक , काठमाण्डौ ।

इजरायलमा हमासबाट मारिएका विपिन जोशीको अहिले विहान कञ्चनपुरस्थित महाकाली नदीमा अन्त्येष्टि गरिदैछ । हिजो उनको शव घर पुर्याइएको छ। सोमबार साँझ कञ्चनपुरको भीमदत्त नगरपालिका–३ स्थित विपिनको घरमा शव पुयाइउदा सयौँको संख्यामा उपिस्थित आफन्त र स्थानीयले मन थाम्न सकेनन्।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

धनगढी उपमहानगरपालिकाले निशुल्क सञ्चालन गरेको ‘महाप्रस्थान बाहन’ बाट काठको बाकस आँगनमा झरेसँगै धेरैजनाको आँखा रसाएका थिए । नगरमा लक्ष्मीपुजा समेत खल्लो भएको थियो ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

विपिनको सकुशल रिहाईका लागि आमासँगै इजरायल र अमेरिका पुगेर अन्तर्राष्ट्रिय समुदायलाई झक्झकाएकी विपिनकी बहिनी भाइटीकाको दुई दिन अघिमात्रै दाइको शव घर आइपुग्दा भक्कानिएकी थिइन ।

Mother of Bipin Joshi . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

आफ्नै आर्शीवाद शिरोपर गरेर इजरायल गएको छोरा कफिनमा फर्किंदा आमा पदमाको भक्कानो फुट्यो । उनले आफूलाई सम्हाल्न सकिरहेकी थिइनन् । डाको छोडेर रुँदारुँदा उनी अर्धचेत भइन् ।

Mother of Bipin Joshi . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

उनलाई पानी छम्किएर शान्त गराउनु परेको थियो । छोराको शव आफ्नै आँगनमा आइपुग्दा बुवा महानान्द भक्कानिए । बहिनी पुष्पा भावविह्ल बनिन् । भीमदत्त नगरपालिका–३ स्थित बिचपुरी मल्किार्जुन टोलमा सन्नटा छायो ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

सोमबार बेलुकी तिहारको रौनकसँगै लक्ष्मीपूजा चलिरँदा कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाषीस्थित मालिकार्जुन टोलमा भने सन्नाटा छाएको थियो ।

चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

विपिनकी आमा पद्मा र बहिनी पुष्पा विपिनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगिन्, तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेन ।

केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन । बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिकता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलेको जोशी परिवारको भनाइ छ ।

Bipin Joshi Death body arrived . Photo: Prakash Chandra Timilsena/ Nepal Photo Library

’बिहिनी पुष्पा यसपालि भाइटीकामा दाजुसित भेट हुनेछ भन्ने आशामा थिइन्,’ परिवारका सदस्य किशोर जोशीले भने, ’लक्ष्मीपूजाका दिन विपिनको शव आँगनमा आइपुग्दा परिवार शोकमा डुबेको छ ।’

दुई वर्षदेखि विपिन आउने प्रतिक्षामा रहेको जोशी परिवार सम्हालिन सकेका छैन ।सोमबार दिउँसो काठमाडौँ पु¥याइएको विपिनको शव नेपाली सेनाको स्काई ट्रकबाट बेलुकी अबेर धनगढी पु¥याइएको थियो ।

उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका पदाधिकारी विपिनको घरसम्म पुगेका किशोरले जानकारी दिए । उनका अनुसार विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिनेछ ।

अन्त्येष्टिअघि जोशीको शवयात्रा बिहान ८ बजे भीमदत्त नगरपालिकाबाट सुरु भई महाकाली नदीको भुजेला घाट लगिने छ । इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ ।

इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ । त्यसैले उनको मृत्युको कारण पत्ता लागिसकेकाले परिवारका सदस्यले पोष्टमार्टम नेपालमा गर्न नपर्ने बताएको परराष्ट्र मन्त्रालय स्रोतले भनाइ छ ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए । उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो ।

इजरायल र हमासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो । घटनास्थलमै १० जना नेपाली विद्यार्थीको ज्यान जाँदा केही विद्यार्थी घाइते भएका थिए। हमासको नियन्त्रणमा रहेका विपिन भने केही दिन अघिसम्म फर्कने आशा गरिएको थियो।

हिजो इजरायलबाट पठाइएको विपिन जोशीको पार्थिव शरीर काठमाडौंमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थल हुँदै कञ्चनपुर पु्याइएको हो ।

विपिनलाई श्रद्धाञ्जली दिँदै प्रधानमन्त्री सुशीला कार्कीले उनी नेपालीको बहादुर छोरा भएको र उनी हाम्राबीच नरहे पनि नेपालीको मनबाट कहिल्ये नहराउने बताएकी थिइन्।

सन् २०२३ मा कृषिविज्ञान अध्ययनका लागि इजरायल गएका उनी हमासको आक्रमणमा घाइते भएका थिए । किब्बुज, आलुमिमा भएको आक्रमण पछि अपहरणमा परेका उनको मृत्यु भइसकेको भनेर इजरायल सरकारले सन् २०२५ अक्टोबर १५ मा पुष्टि गरेको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top