Nepal Times
Nepal Times
3
Shares

विमला वलीको आरोपबारे भूमिश्वरले भने- उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास लगेको हुँ

विमला वलीको आरोपबारे भूमिश्वरले भने- उहाँकै इच्छाअनुसार मुख्यमन्त्री निवास लगेको हुँ

२१ साउन, काठमाडौं ।
नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेश सभा सदस्य विमला खत्री वलीले जबरजस्ती मुख्यमन्त्री कार्यालय र्पुयाएर ५ दिनसम्म बन्धक बनाइएको भनेर लगाएको आरोप अस्वीकार गरेका छन् ।

ढकालले वलीकै प्रस्तावअनुसार आफूले उनलाई मुख्यमन्त्री निवासमा र्पुयाइएदिएको बताए । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालले बताएका हुन् ।

बिहीबार प्रदेशसभा सदस्य विमलाले बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास र्पुयाएर ‘बन्धक’ बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् ।

आरोपबारे ढकालले भने, ‘दाङमा स्थानीय साथीहरुले उहाँसँग कुराकानी गरिरहनुभएको थियो । उहाँले भूमिश्वरलाई बालाइदिनुस् भनेर खबर पठाउनुभयो । उहाँले बोलाएपछि म गएको हुँ । म हाँलाई भेट्न जाँदा स्थानीय साथीहरूलाई पनि लगेको थिएँ ।’

वलीले मुख्यमन्त्रीसँग भेट्ने चाहना राखेपछि आफूले वलीका दिदी र भिनाजुका भाइसहित गाडीमा लिएर आएको उनले बताए ।

ढकालले भने, ‘बच्चा हुन् र जबरजस्ति गर्नलाई ? उनको दिदी र भिनाजुको भाइ पनि सँगै हुनुहुन्थ्यो । आमासँग बिदा मागेर लुगा फेरिवरी आएकी हुन् । कहाँबाट आयो अपहरणको कुरा ?’

उनले चाँडै वलीको परिवारलाई पनि राखेर पत्रकार सम्मेलन गराउने प्रयास भइरहेको बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.