×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगरको रोड शेष चोक बाट हराएकी १ वर्षीय बालिकाको दरभंगा बाट सकुशल उद्धार,१५ लाख फिरौती माग्ने २अपहरणकारी पक्राउ

४ श्रावण २०७९

४ साउन , विराटनगर ।

विराटनगरबाट एक वर्षीया बालिकालाई अपहरण गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले बालिकालाई भारतमा लुकाएर १५ लाख फिरौती माग्ने योजना बनाएको पाइएको मोरङ प्रहरीका प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।पक्राउ पर्नेमा विराटनगर–५ की अनु साह र विराटनगर ६ रामपुर बस्ने २७ वर्षका रविन्द्रकुमार साह रहेका छन् । रविन्द्रकुमार साह अपहरणको मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ । दुई जनाको मिलेमतोमा बुढीगंगा–१ बस्ने दिपेन यादवकी १ वर्षकी छोरीलाई विराटनगर १२ रोड शेष चोकछेउबाट गत साउन २ गते बिहान ९ बजे अपहरण गरेका थिए ।

२ वर्षदेखि चिनजानमा रहेकी अनुले योजनाबद्ध रुपमा दिपेन यादवलाई बच्चा हेर्न मन लागेको भन्दै बोलाएकी थिइन् । यादवले पनि आफ्नो १ वर्षे बालिकालाई कारमा लिएर अनुलाई बच्चा देखाउन रोडशेष ल्याएका थिए । त्यही क्रममा चिया खाने निउ बनाएर अनुले दिपेनको आँखा छलि बच्ला लिएर भागेकी थिइन् । अनुसन्धानका क्रममा अनुले बच्चा लिएर आउँदा रविन्द्र साह मोटरसाइकल लिएर स्टेण्डबाइ बसेको खुलेको प्रहरीले जनाएको छ ।त्यसपछि रविन्द्र साहको प्र।१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल चढी दुहबी इनरुवा, सप्तरीको राजविराज हुँदै कुनौली पुर्याई, उक्त स्थानबाट भारतीय गाडी रिजर्भ गरी दरभंगा पठाई रविन्द कुमार साह सोही दिन विराटनगर फर्केका थिए ।

योजनाकार रविन्द्रले अनु साहको मोबाइलमार्फत पीडित परिवारलाई फेसबुकमार्फत बालिका हराएको कुरा पोष्ट गरेको कुरा हटाउन धम्की समेत दिएका थिए । भारतको दरभंगामा अनु साहले बच्चालाई लिएर दुई दिनदेखि बस्दै आएकी थिइन् । खोजी गर्ने क्रममा आज बिहान ८ बजे नेपाल भारतको बोर्डर एरियाबाट अपहरित बालिकाको सकुशल उद्धार गरिएको र अनुलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।यस्तै घटनाका योजनाकार रविन्द्र साहलाई भने बुढीगंगा १ स्थित निजले संचालन गरेको श्रीराम टेडर्सबाटै प्रहरीले पक्राउ गरेको थियो ।

उनीहरु दुवैजनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । फौजदारी संहिता २०७४ अनुसार निज प्रतिवादीहरुलाई ७ देखि १० वर्षसम्म कैद र ७० हजारदेखि १ लाखसम्म जरिमाना हुने व्यवस्था छ ।प्रहरीले उनीहरुको साथबाट ५ थान मोबाइल, बेबी फिडिङको खाली प्याकेट १ थान, मोटरसाइकल १ थानलगायत बरामद गरेको छ

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top