Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा अत्याधुनिक ल्याव संचालन, दैनिक हजार पीसीआर परीक्षण

विराटनगरमा अत्याधुनिक ल्याव संचालन, दैनिक हजार पीसीआर परीक्षण

६ कात्तिक, काठमाडौं । सरकारले भयाभह बनेको कोरोना संक्रमणको परीक्षण सशुल्क गर्ने निर्णय गरेपछि संक्रमित भए नभएको थाहा पाउन यसका लागि गरिने पीसीआर परीक्षण गर्न यतिबेला नेपालमा निकै सकस हुँदै गएको देखिन्छ । अस्पताल तथा अन्य सरकारी ल्यावहरुमा परीक्षणका लागि पूरानै स्वावहरु थुप्रिएर रहदा नयाँ नमूना तुरुन्तै परीक्षण गर्नु परेमा प्राय असम्भव हुँदै गएको छ, आम सर्वसाधारणका लागि । यसको पछिल्लो उदाहरणका रुपमा टेकुस्थित राष्ट्रिय जनस्वास्थ प्रयोगशालाले मंगलबार गोरखाबाट ल्याइएको २ सय ३४ जनाको स्वावको नमुना परीक्षण नै नगरी फिर्ता पठायो । यसरी संघीय राजधानीमै पीसीआर परीक्षणका लागि ल्याबहरुले चाप थेग्न नसकिरहेका बेला प्रदेशहरुमा पनि अबस्था उस्तै छ ।

प्रदेश एकमा पनि संकलित नमूनाहरुको चाँप अध्याधिक भएकाले स्वाव दिनेहरुले एक हप्ताभन्दा धेरै दिन पछि मात्रै रिपोर्ट पाउँने गरेका छन् । कतिपय ल्यावहरुले नयाँ नमूनाहरु लिन समेत मानिरहेका छैनन् । पर्याप्त पीसीआर परीक्षण नहुँदा संक्रमणको गति दिनहुँ झन झन तिव्र हुँदै गएको छ । यसलाई मध्यनजर गर्दै विराटनगरका केही उद्योगी घरानाले विराटनगरमा नयाँ ल्याव संचालनमा ल्याएका छन् । जसले पीसीआर परीक्षणसंगै अन्य सबैखाले ल्याब टेष्टहरुसमेत गर्ने बताइएको छ ।

विराटनगर ४ वरगाछी चोकबाट उत्तरपश्चिममा संचालनमा आएको यस विस्योर प्याथ ल्याब एण्ड डाइग्नोष्टिक सेन्टरको बिहीबार उद्घाटन गरिएको छ । प्रदेश एकका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले एक कार्यक्रमकाबीच ल्याबको उद्घाटन गरे । मन्त्री कार्कीले विभिन्न सूचकमा अग्रणी स्थानमा रहेको विराटनगरलाई स्वास्थको क्षेत्रमा पनि अब्बल बनाउँन यहाँका निजीक्षेत्र तथा उद्योगीब्यवसायीहरुले गरेको प्रयासको प्रशंसा गरे । विशेषगरी कोरोना महामारीबाट छुट्कारा पाउँन विराटनगरमा जुन ढंग निजिक्षेत्र अगाडी आएको छ यसले विराटनगरकै गौरव बढाएको भन्दै उनले धन्यवादसमेत ब्यक्त गरे ।

कोरोनाभाइरस तिव्र गतिमा फैलिरहेका बेला विराटनर तथा प्रदेशभरी नै पीसीआर परीक्षणका लागि सर्वसाधारणले सास्ती पाउँदै आएका छन् । तर अब यो ल्याब संचालनमा आएपछि निकै राहत हुने बताइएको छ । विराटनगरका उद्योगीहरु नविन रिजाल, प्रकाश मुन्दडा, महेश जाजु, अनिल शाहको गरी संयुक्त ५ करोडको लगानीमा यो विस्योर प्याथ ल्याब एण्ड डाइग्नोष्टिक सेन्टर संचालनमा आएको हो । संचालक मध्येका एक उद्योगी नविन रिजालले पीसीआर परीक्षणका लागि देशभरमै यहाँ जत्तिको राम्रो उपकरण नभएको बताए । त्यसैगरी अन्य ल्याब टेष्टका उपकरण वा जनशक्तिहरुमा पनि कुनै सम्झौता नगरिएको उनले बताए ।

विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि निजिक्षेत्रले पनि सरकारसंग हातेमालो गर्नु पर्छ । किनभने यो केबल सरकार एक्लोको प्रयासबाट सम्भव छैन । यही तथ्यलाई आत्मसाथ गर्दै र आफ्नो सामाजिक उत्तरदायित्वको ख्याल गर्दै विराटनगरका उद्योगीहरुले उचित समयमा आवस्यक कदम चालेका छन् । यस ल्याबले कोरोना संक्रमित तथा शंकास्पद संक्रमितलाई त सेवा दिन्छ नै दशैंको विशेष अवसरमा सर्वसाधारणलाई केही छुट समेत दिएको छ ।

प्रदेश एकमै एकमात्र र पहिलो अति अत्याधुनिक उपकरण राखेर ल्याव संचालनमा ल्याइएको छ । कोरोना महामारी अझै कति दिनसम्म रहने हो यकिन नभएका बेला पिसिआर परिक्षणका लागि ल्याब अपरिहार्य नै छ । झन यस्तोे अत्याधुनिक उपकरणसहितको ल्याबको महत्व धेरै नै रहन्छ । अहिले पीसीआर परीक्षणको नतिजा ढिलो गरी आउँने गरेकोमा यस ल्याबले जतिसक्दो चाडो नतिजा दिने परिकल्पनाका साथ संचालनमा ल्याइएको बताउँछन् मोरङ व्यापार संघका अध्यक्ष समेत रहेका अर्का संचालक प्रकाश मुन्दडा ।

विस्योर प्याथ ल्याब एण्ड डाइग्नोष्टिक सेन्टर प्रालि, विराटनगरमा दैनिक एक हजारसम्मको पीसीआर परीक्षण गर्ने क्षमताका साथ संचालनमा आएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.