Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा नाटकको चहलपहल, गुरुकुलमा सुरु भयो ‘सन्ध्या’

विराटनगरमा नाटकको चहलपहल, गुरुकुलमा सुरु भयो ‘सन्ध्या’

९ माघ, विराटनगर । आरोहण गुरुकुल विराटनगरमा शुक्रबारदेखि नाटक ‘सन्ध्या’ मञ्चन सुरु भएको छ ।

हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा माघ १३ गतेसम्म दैनिक दिउँसो ३ बजे नाटक मञ्चन हुनेछ । अयोग्य लडाकुको प्रेम सम्बन्धलाई नाटकमा उतारिएको छ । धीरज राईको लेखन तथा दिपेश भण्डारीको निर्देशनमा तयार उक्त नाटक २ वर्षअघि पनि मञ्चन गरिएको थियो । नाटक मञ्चनसँगै कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको नाटकघर खुला भएको घोषणा पनि गरिएको छ । नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै नाटकघर सबैका लागि खुला भएको अध्यक्ष भैरव क्षेत्रीले बताए । नाटकमा विकास पराजुली, सविन भट्टराई, जिना कार्की, अनुपमा बास्तोला, प्रदीप दाहाल, मिलन राई, अशोक गौतमले अभिनय गरेका छन् । विगत १० महिना बढि समयदेखि ठप्प रहेको रंगमञ्च क्षेत्र खुला भएसँगै जोखिम कम गर्दै नियमित रुपमा नाटक मञ्चन गर्ने तयारीमा रंगकर्मीहरु लागेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.