Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा फोहोर ब्यवस्थापन प्रतियोगिता

विराटनगरमा फोहोर ब्यवस्थापन प्रतियोगिता

साउन २०, विराटनगर । विराटनगरमा संभवत पहिलो पटक अन्तर–विद्यालय फोहोर ब्यवस्थापन प्रतियोगिता सम्पन्न भएको छ ।

लियो क्लब अफ विराटनगर इनोभेटिभ स्टारले आयोजना गरेको प्रतियोगितामा एमिटी इन्टरनेश्नल स्कुलले प्रथम स्थान हासिल गरेको छ ।

यसैगरि डिएभी स्कुलले दोश्रो र सृजना ज्ञानकुञ्जले तेश्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा नगरक्षेत्रका विभिन्न ९ वटा स्कुलका ३÷३ जना विद्यार्थी सहभागि भएका थिए ।

 

प्रतियोगितामा सहभागि स्कुलका विद्यार्थीहरुले आफ्नो स्कुलमा बिर्सजित भएको फोहोरबाट कलात्मक सामाग्रि बनाएर प्रदर्शन गरेका थिए ।

 

स्कुलमा बिर्सजित हुने फोहोरलाई रचनात्मकरुपमा ब्यवस्थापन गर्ने उद्धेश्यसहित कार्यक्रम गरिएको लियो जिल्ला परिषद ३२५ एवानका सह कोषाध्यक्ष क्षितिज गौतमले जानकारी दिए ।

उनले फोहोरलाई ब्यवस्थापन गर्न सकिए नगरलाई सफा र स्वच्छ राख्न मद्त मिल्ने बताए । प्रतियोगिताका बिजयीलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले ट्रफी,मेडल,प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.