Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ संक्रमित थपिए

विराटनगरमा १४ सहित प्रदेश १ मा ३३ संक्रमित थपिए

३ वैशाख, विराटनगर । प्रदेश १ मा आज ३३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १८, झापामा ८, भोजपुरमा ३, सुनसरी र उदयपुरमा २–२ जनामा संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा १४, बुढीगंगा, रंगेली, लेटाङ र उर्लाबारीमा १–१, झापाको विर्तामोडमा ३, शिवसताक्षी र कनकाईमा २–२, दमकमा १, भोजपुरको अरुणमा २ र भोजपुर नगरपालिकामा १, सुनसरीको इटहरी र हरिनगरमा १–१, उदयपुरको उदयपुरगढी र कटारीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ५६५ पुगेको छ । संक्रमित भएकामध्ये २९ हजार ८७८ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित २१५ पुगेका छन् । प्रदेश १ मा आज २ सय ९४ जनाको पीसीआर परीक्षण गर्दा ११ महिला र २२ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

हालसम्म २ लाख ३४ हजार ४५५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.