Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा २९ सहित प्रदेश १ मा ४० संक्रमित थपिए

विराटनगरमा २९ सहित प्रदेश १ मा ४० संक्रमित थपिए

२५ साउन, विराटनगर । प्रदेश १ मा आइतबार ४० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २९, सुनसरीमा ६ र झापामा ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १० महिला १९ पुरुष, सुनसरीको धरानमा १ महिला २ पुरुष, ईटहरीमा १ महिला १ पुरुष, बर्जुमा १ पुरुष, झापाको बा¥हदशीमा १ महिला १ पुरुष, अर्जुनधारा २ र दमकमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ४ सय २३ पुगेको छ ।

प्रदेश १ मा आक्ष्तबार ५ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरंगका ३, उदयपुर र सुनसरीका १–१ जना डिस्चार्ज भएका हुन ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १५ पुगेको छ । प्रदेश १ मा आइतबार १ हजार १ सय ८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

परीक्षण गरिएका मध्ये १३ महिला र २७ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हाल सम्म ५३ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.