Nepal Times
Nepal Times
3
Shares

विराटनगरमा ८१ सहित प्रदेश १ मा २ सय ६६ संक्रमित थपिए

विराटनगरमा ८१ सहित प्रदेश १ मा २ सय ६६ संक्रमित थपिए

विराटनगर, १८ वैशाख । प्रदेश १ मा आज २६६ जना कोरोना संक्रमित थपिएका छन् ।

मोरंगमा ९१, झापामा ७०, सुनसरीमा ६८, इलाममा ६, उदयपुरमा ५, धनकुटामा ४, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ३८ महिला र ४३ पुरुष सहित ८१, बुढीगंगामा ३, पथरीशनिश्चरे र जहदामा २–२, बेलबारी , सुन्दरहरैचा र स्थानीय तह नखुलेका १–१, झापाको भद्रपुरमा २४, विर्तामोडमा ११, अर्जुनधारामा ८, मेचीनगर र कनकाईमा ७–७, गौरादहमा ४, बुद्धशान्तिमा ३, हल्दिबारीमा २ र शिवसताक्षी, गौरीगञ्ज, कचनकवल र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ३५, इटहरीमा २१, बराहक्षेत्र र इनरुवामा ४–४, रामधुनीमा २, बर्जु र देवानगञ्जमा १–१, इलामको रोङमा ६, उदयपुरको चौदण्डीगढीमा २, बेलका, त्रियुगा र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ४, संखुवासभाको खाँदबारीमा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३२ हजार ९१७ पुगेको छ ।

संक्रमित भएका मध्ये ३० हजार ४० जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या २ हजार ३८२ पुगेको छ । प्रदेश १ मा आज ७२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १२२ महिला र १४४ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.