×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ३७ करोड

१० असार २०७७

१० असार, विराटनगर ।

विराटनगर महानगरपालिकाको छैटौँ नगरसभाले आर्थिक वर्ष २०७७/७८ का लागि कूल रु तीन अर्ब ३७ करोड ८१ लाख १० हजारको वार्षिक बजेट आज सार्वजनिक गरेको छ । जसमा आन्तरिक आम्दानीतर्फ रु ८९ करोड ८२ लाख ९६ हजार ७००, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ रु ७६ करोड ८२ लाख ५२ हजार, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरणतर्फ रु ३८ करोड सात लाख ६८ हजार र सङ्घीय सरकारको सशर्त अनुदानतर्फ रु एक अर्ब दुई करोड नौ लाख रहेको छ ।

त्यस्तै प्रदेश सरकारको सशर्त अनुदानबाट आउने रु दुई करोड १० लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानतर्फ रु १३ करोड, प्रदेश सरकार समपूरक अनुदानतर्फ रु तीन करोड, वैदेशिक र अन्य सङ्घसंस्था अनुदानतर्फ रु तीन करोड २६ लाख ७८ हजार र जनसहभागिताबाट प्राप्त हुने रु नौ करोड ६२ लाख पाँच हजार रकम देखाइएको छ ।

विनियोजित कूल व्ययतर्फ रु तीन अर्ब ३७ करोड ८१ लाख मध्ये प्रशासनिक खर्चतर्फ रु ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ रु ३६ करोड, वातावरण तथा फोहरमैला व्यवस्थापनतर्फ ल्याण्डफिल्ड साइटको जग्गा खरिदसहित रु ११ करोड ४९ लाख ५० हजार रहेको छ । त्यस्तै नगर स्वास्थ्यतर्फ सङ्घीय सरकारसमेत रु ११ करोड ५७ लाख ९५ हजार र शैक्षिक विकास कार्यक्रमतर्फ रु ५६ करोड १३ लाख पाँच हजार, महिला बालबालिका एवं युवा विकास तथा खेलकूदमा रु दुई करोड नौ लाख २४ हजार, अन्य कार्यक्रममा रु छ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पूँजीगत खर्च रु एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा कार्कीले बजेट सार्वजनिक कार्यक्रममा जानकारी दिइन्।

सोही अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरे । उनले नीति तथा कार्यक्रमका आधारमा बजेट निर्माण गरेको जानकारी दिँदै पूर्वाधारसम्बन्धी, सूचनासम्बन्धी, वित्तीय व्यवस्थापन राजश्व परिचालन, सामाजिक विकाससम्बन्धी नीतिअन्तर्गत शैक्षिक, युवा, खेलकूद, नगर स्वास्थ्यसम्बन्धी, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणसम्बन्धी, पर्यटन, भाषा, कला तथा संस्कृति संरक्षण सम्बन्धमा लिएको नीतिले नगर क्षेत्रमा आमूल परिवर्तन ल्याउने विश्वास दिलाए ।

उनले बालबालिका, गैरसरकारी सङ्घसंस्था, सहकारी, विपद् व्यवस्थापन, वातावरण संरक्षण एवं प्रवद्र्धन, खानेपानी तथा सरसफाइ, पशुपक्षी तथा कृषि विकास र भूमिसम्बन्धमा लिएको नीतिले बनाइएको बजेटबाट विराटनगरको ऐतिहासिकता प्रस्ट भई आधुनिक विराटनगर निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले विगतका बेतिथि र गलत संस्कारलाई हटाउन जनप्रतिनिधिले अग्रसरता लिनुपर्ने भन्दै अहिलेको अवस्थालाई अवसरका रुपमा लिएर जनप्रतिनिधिहरु जनताका भावना र इच्छानुसार काम गर्नुपर्ने सुझाव दिए ।

प्रदेश प्रमुख ‘प्यासी’ले भ्रष्टाचारमुक्त समाज निर्माण भएमा सुशासनको आधारशिला मजबुत हुने भन्दै विराटनगरको ऐतिहासिकतालाई कसैले पनि मेटाउन नसकिनेमा जोड दिए । उनले महानगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई दिएको प्राथमिकताबाट नगरमा समृद्धि आउने विश्वास व्यक्त गरे।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोनाका कारण तीनै तहका सरकारको नीति तथा कार्यक्रम प्रभावित भएको चर्चा गर्दै प्रदेश सरकारले विराटनगर क्षेत्रमा वीरेन्द्र सभागृह, शहीद मैदान, बैजनाथपुर रङ्गशाला, विराट राजाको दरबारको संरक्षण, केशल्या नदीमा तटबन्ध, परोपकार घाटको स्तरोन्नति गर्न बजेट विनियोजन गरेको बताए ।

सांसद अमनलाल मोदीले ऐतिहासिक शहर विराटनगरलाई आधुनिक शहर बनाउने सबैको चिन्तन र चाहनालाई महानगरपालिकाबाट पूरा हुने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्य केदार कार्कीले सङ्घीय सरकारले विराटनगर महानगपालिकामा बजेट कम दिएकामा दुःख व्यक्त गरे । नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बू, जनता समाजवादी पार्टीका नगर सभापति मोहम्मद नसरुल, काँग्रेसका नगर सभापति अरुण न्यौपाने, नेपाल कम्युनिस्ट पार्टीका नगर संयोजक सागर थापा र प्रजातन्त्र सेनानी शिवदत्त भट्टराईले नगरपालिकाका जनप्रतिनिधिले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रजातन्त्र सेनानी एवं ज्येष्ठ नागरिक रामप्रसाद रिजाल, शान्ता अधिकारी, शिवदत्त भट्टराई, श्यामबहादुर सुब्बा लिम्बू, तोरेन्द्रमान प्रधान र गोपालप्रसाद शर्मालाई नयाँ आर्थिक वर्षदेखि लागू हुने गरी जीवन निर्वाह भत्ताबापत जनही मासिक रु दुई हजार ५०० सहित सम्मान गरियो ।रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top