×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विराट क्याम्पसका विद्यार्थी नेपाल टप भएको दाबी

२१ कार्तिक २०८०

२१ कार्तिक,विराटनगर ।
शैक्षिक सत्र २०७६/ ७७ मा स्नातक तह बीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुको चौथो वर्षको नतिजा प्रकाशित भएको छ । उक्त नतिजामा विराटनगरस्थित विराट क्याम्पसका छात्र सञ्जय गुप्ताले नेपाल टप गरेको दाबी गरिएको छ ।

उनले एफआईएन २५०ः९०, एफआईएन २५२ः८४, एफआईएन २५३ः८५, एमजीटी २२०ः६०, एमजीटी २२१:४३, एमजीटी ४०१ः४४ गरी जम्मा : ४०६ अंक ८१.२ प्रतिशत प्राप्त गर्दै कोशी प्रदेश सम्भवतः नेपालकै उत्कृष्ट विद्यार्थी बन्न सफल भएको क्याम्पस प्रशासनले दावी गरेको छ ।

नतिजामा दोस्रो स्थान युक्ता कार्कीले ३८३ अंक ७६.६ % प्रतिशत हासिल गरेकी छन् । यसैगरी उक्त ब्याचका सम्पूर्ण छात्र छात्रा शतप्रतिशत उत्तीर्ण भएको क्याम्पस प्रमुख आरसी कोइरालाले बताए । केही समयअघि स्नातक तेस्रो वर्षको प्रकाशित नतिजामा समेत यसै क्याम्पसकी छात्रा सारदा श्रेष्ठ प्रदेश प्रथम भएकी थिइन् ।

क्याम्पसमा बीबीएसलाई वार्षिक कार्यक्रमको रुपमा नहेरेर सेमेस्टर प्रणाली भन्दा उत्कृष्ट अध्यापन पद्धति अपनाइएको छ । यस क्याम्पसमा एक घण्टा तीस मिनेटका तीन दिन तीन वटा र तीन दिन दुई वटा कक्षाहरू सञ्चालन हुन्छन् ।

यहाँ मल्टिमिडिया तथा प्रोजेक्टर सिस्टमको प्रयोग गरी विद्यार्थी स्वयंले आफ्नो प्रस्तुतिसहितको पठन पाठन, विभिन्न क्षेत्रका विज्ञहरुसँगको अन्तरक्रिया तथा छलफल, अनुभवी प्राध्यापकको समूह, बजार अध्ययन, शैक्षिक भ्रमण, पारिवारिक वातावरण आदिलाई प्राथमीकतामा राखिएको छ ।

यसरी स्नातक तहका विद्यार्थीको क्षमता अभिवृद्धि गरिने भएकाले क्याम्पसको उत्कृष्ट शैक्षिक गतिविधिको कारणले नै छात्र छात्राको शैक्षिक स्तर सुधार भएको र उत्कृष्ट नतिजा प्राप्त भएको सहायक क्याम्पस प्रमुख रोशन घिमिरेले बताए ।

यस क्याम्पसको नाममा रहेको सम्पूर्ण भौतिक पूर्वाधार मनमोहन प्राविधिक विश्व विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ । हाल यस क्याम्पसलाई विराट क्याम्पस स्कुल अफ म्यानेजमेन्ट स्टडिज अर्थात (सोम्स कलेज) का नामले चिनिन्छ ।

कुनै एक समयमा नेपालको पूर्वमा नै शैक्षिक धरोहरको रुपमा प्रख्यात विराट क्याम्पस वा विराट साइन्स क्याम्पस लामो समयसम्म सञ्चालनमा आएको थियो । वि.सं. २०४८ मा तत्कालीन विराटनगर १४ जतुवामा १५.५ कठ्ठा जग्गामा गुठीको रुपमा स्थापना भएको थियो ।

विभिन्न कारणले शैक्षिक गतिविधिमा गिरावट आएको विराट क्याम्पसलाई वि.सं. २०७६ मा आएर विभिन्न शैक्षिक सँस्थाहरु सञ्चालन तथा व्यवस्थापनको समेत अनुभव बटुलेका आर.सी.कोइरालाले क्याम्पस प्रमुखको भूमिकामा रही नयाँ रुपमा पुनःसञ्चालनमा ल्याएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top