Nepal Times
Nepal Times
3
Shares

विराट मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

विराट मेडिकल कलेजमा कोरोना संक्रमित महिलाको मृत्यु

१० भदौ, बिराटनगर ।
विराटनगरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।

अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको जानकारी दिए । संक्रमित महिलामा निमोनिया पनि देखिएको थियो । उनको अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

विराटनगर–१५ मिल्स एरिया घर भएकी महिला बिराटनगर–११ मा बस्दै आएकी थिइन् । उनको मंगलबार बेलुका कोशी अस्पतालमा जाँच गर्दा कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै बिराटनगरमा कोरोना संक्रमणका कारण ११ जनाको ज्यान गएकाे छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.