×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026
Playing
World News: Iranलाई झुकाउन नसकेपछि पेन्टागन चिन्तित, Americaले थप क्ष*ति ब्योहोर्ने || Nepal Times
Mar 03, 2026
Playing
इरानमा अमेरिकी आ क्र मण इजरेलबाट प्रभावित, खाडीको भविष्यको चिन्ता || Nepal Times
Mar 03, 2026
Playing
Top 15 Afternoon News || Mar-03-2026 || Nepal Times
Mar 03, 2026
Playing
खोर्रमशहरः इरानी ब्यालिस्टिक मि सा इल बन्नसक्छ इजरेलमा प्रलय || Nepal Times
Mar 03, 2026
Playing
Iran मा ‘ठूलो कार बाही’, ११ इरानी जहाज डु बाएको दाबी, अमेरिकी असुर क्षित || Nepal Times
Mar 03, 2026
Playing
विश्वकपबाट बाहिरिएपछि पाकिस्तानी खेलाडीलाई लाखौं जरिवाना || Nepal Times
Mar 03, 2026
Playing
अमेरिकी सेना इ रान जाने, लेबनानमा भीषण आक्र मणः १० हेडलाइनमा|| Nepal Times
Mar 03, 2026
Playing
आज लाग्दैछ दुर्लभ खण्डग्रास चन्द्रग्रहण,होली खेल्न वर्जित|| Nepal Times
Mar 03, 2026
Playing
रास्वपाको वाचापत्रको विज्ञहरुबाट चिरफार|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली काँग्रेसको घोषणा पत्रमा स्वास्थ्य, सामाजिक विकास र पूर्वाधार योजनाको चिरफार
Mar 02, 2026
Playing
नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्रमा विज्ञका प्रश्नैप्रश्न|| Nepal Times
Mar 02, 2026
Playing
नेपाली कांग्रेसको चुनावी एजेण्डा विश्लेषणः के छ स्पष्ट, के रह्यो अधुरो ?|| Nepal Times
Mar 02, 2026
Playing
इरानले नेतन्याहुकै कार्यालयमा क्षे प्या स्त्र हान्यो! || Nepal Times
Mar 02, 2026
Playing
इन्टरसेप्टरहरु छल्दै इरानी मि सा इ लले टारगेटलाई हिट गरेपछि....|| Nepal Times
Mar 02, 2026
Playing
चुनावी सरगर्मीबिच खाडी संकटमा, १७ लाख नेपालीको सुरक्षा चिन्ता || Nepal Times
Mar 02, 2026

विवादित कन्ट्रक्सनका मालिक शहरी विकास मन्त्री

३ माघ २०७९

३ माघ, काठमाण्डौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज गरेको मन्त्रिपरिषद् विस्तारमा भ्रष्टाचारको मुद्दामा मुछिएका राप्रपाका नेता पनि समेटिएका छन् । चर्चित र पटक पटक विवादमा पर्दै आएको कालिका कन्ट्रक्सनका मालिक रहेका राप्रपाका नेता विक्रम पाण्डेलाई अनुभव र विज्ञताकै आधारमा भने झै गरी शहरी विकास मन्त्रालयको नेतृत्व दिइएको छ ।

पाण्डेले २०७९ असार ५ गते भ्रष्टाचारको मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थए । कालिका कन्ट्रक्सनको विषयमा उनीसहित २१ जना विरुद्ध मुद्दा दायर भएको थियो। करिब आठ अर्ब बिगो दावी गरिएको मुद्दामा ४ करोड धरौटी बुझाएर उनी २०७५ माघमा रिहा भएका थिए।

अख्तियारले राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइको नहर निर्माणमा पाण्डेसहित २१ जनाविरुद्ध ८ अर्ब असुल हुनुपर्ने दावी गर्दै मुद्दा दायर गरेको थियो। अख्तियारले पाण्डेविरुद्ध मात्र २ अर्ब १३ करोडको बिगो दावी गरेको थियो। तर विशेषले उक्त दावी ठहर हुन नसक्ने भन्दै सफाइ दियो। पाण्डेको कम्पनी कालिकाले कमसल निर्माण गरेपछि सिक्टा नहर परीक्षणकै क्रममा दुई पटक भत्किएको थियो।

मुल नहरको डिजाइनमा नै त्रुटि र निर्माणका क्रममा आयोजनामा खटिएका प्राविधिक, कन्सल्टेन्ट, निर्माण व्यवसायीले पर्याप्त सुपरभिजन नगरेको अख्तियारको दावी थियो। सिँचाइ आयोजनामा कार्यरत कर्मचारीहरूको संलग्नतामा माटोको गुणस्तर परीक्षण तथा त्यसको उपयुक्तता, विस्तृत आयोजना प्रतिवेदनको तयारीबिना गुणस्तरहीन नहर निर्माण भएको अख्तियारको अभियोगपत्रमा दावी छ।

पाण्डे विरुद्ध अख्तियारले हालसम्म सर्वोच्चमा पुनरावेदन गरेको छैन। भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि उनले मंसिर ४ गते भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिएका थिए। उनी चितवन–३ बाट निर्वाचित भए। पाण्डेले माओवादी केन्द्रका डा भोजराज अधिकारीलाई पराजित गरेका थिए। उनी यसअघि पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वकै सरकारका पालमा २०७३ मा वन तथा वातावरण मन्त्री बनेका थिए ।

उनी २०७४ सालको निर्वाचनमा भने चितवनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पराजित भएका थिए। शहरी विकास मन्त्रालय निर्माणसँग जोडिएको मन्त्रालय हो। पाण्डे आफैं ‘क ’ वर्गका ठेकेदार हुन्। उनको कम्पनी कालिका कन्ट्रक्सनले देशभर ठेक्का लिएर काम गरिरहेको छ।

एकल र ज्वाइन्ट भेन्चरको रुपमा उनको निर्माण कम्पनीले ठेक्कामा काम गरिरहेको छ। उनको कम्पनीले नेपाल मात्र नभए विदेशमा पनि निर्माणको काम गरिरहेको छ। पाण्डेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिदा कसरी स्वार्थ बाझिदैन भन्दै सामाजिक संजालमा टिप्पणी सुरु भएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top