अभियन्ता राजाराम तण्डुकारले गुठी सञ्चालनमा गुठियारको अधिकार समाप्त गरी कर्मचारीमार्फत गुठी सञ्चालन गर्ने उल्लेख हुनु विधेयकको मुख्य त्रुटि रहेको बताए । उनले भने, ‘कतिपय जात्रा, पूजा तथा पर्वमा सम्बन्धित समुदायका सीमित व्यक्तिबाहेक सहभागी हुन नपाउने चलन हुन्छ, यस्तोमा प्रमाणपत्रले मात्र परम्परा जोगिन सक्दैन, सद्भाव बिथोलिने सम्भावना रहन्छ ।’
। अभियन्ता तथा गुठी संरक्षण पुःचका महासचिव भरत जंगमले विधेयक गुठी संरक्षण गर्ने आशयका लागि ल्याएको भए तापनि विधेयकका धेरै बुँदाहरू सरोकारवालाहरूसँग छलफल नै नगरी ल्याउँदा अपुरो र अधुरो हुन पुगेको र समस्या ल्याउने खालको भएको बताए । उनले विधेयक फिर्ता गरी सबै विषयमा छलफल गरेर मात्र विधेयक ल्याउनुपर्ने आवश्यकता औंल्याए । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
