Nepal Times
Nepal Times
3
Shares

विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी बलात्कार

विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी बलात्कार

३१ असार, पर्सा ।

पन्ध्र वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बहुदरमाई नगरपालिका–२ पिपरा टोल बस्ने २५ वर्षीय धर्मराज साह कानुलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

कानुले ती किशोरीलाई असार १४ गते दिउँसो विवाह गर्ने र जागिर लगाईदिने प्रलोभनमा पारी सखुवाप्रसौनी गाउँपालिका–४ स्थित बाँसघारीमा लगि जबरजस्ती करणी गरी आफूसँगै राखी पटकपटक जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.