Nepal Times
Nepal Times
3
Shares

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित

२६ बैशाख, काठमाडौं । कोभिड–१९का कारण विवेकशील साझा पार्टीको महाधिवेशन स्थगित भएको छ ।

आगामी जेठ अन्तिम साता गर्ने गरी आन्तरिक तयारी भइरहेको विवेकशील साझा पार्टीको एकता महाधिवेशन स्थगित गरिएको हो ।

परिस्थिति सहज बनेपछि अनुकूलता अनुसार केन्द्रीय समितिबाट महाधिवेशनको अर्को तिथि तय गरिने विवेकशील साझाले जनाएको हो ।

तत्कालीन विवेकशील नेपाली दल र साझा पार्टीबिच गत वर्ष मङ्सिर २४ गते एकता गर्दा ६ महिनाभित्र एकीकृत पार्टीको महाधिवेशन गर्ने घोषणा गरिएको गरिएको भएपनि कोभिडका कारण हुन नसकेको हो ।

विवेकशील साझा पार्टीले कोरोना कहरले सिर्जना गरेको परिस्थितिसँग जुध्न सरकारलाई सक्दो सहयोग समेत गर्ने जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.