×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वकपको ढोका खोल्दै नेपाली युवा टोली

१ बैशाख २०८२

१ वैशाख , काठमाण्डौ।

आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा नेपालले ओमानलाई ८ विकेटले सहजै पराजित गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो ।

नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा नेपालले यूएईलाई ५ रनले हराएको थियो । ओमानले दिएको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालका लागि शाहिल पटेलले ४४ र निरजकुमार यादवले ४६ रन बनाए । नरेन भट्ट १२ र सन्तोष यादव १० रनमा अविजित रहे । ओमानका लागि सौम्या भाविन सम्पतले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको ओमान ३८ ओभरमा ११७ रन बनाएर अलआउट भएको थियो । ओमानका लागि जित व्रजेश शाहले अर्धशतकीय पारी खेले । उनले ७८ बलमा ६ चौका प्रहार गर्दै ५२ रन बनाए ।

नेपालका लागि युवराज खत्रीले ५ विकेट लिए । उनले ७ ओभरमा १५ रन खर्चेर आफ्नो फाइफर पूरा गरे । सो क्रममा उनले २ मेडन पनि फाले । सन्तोष यादवले २ तथा दयानन्द मन्डल, अप्रजित पौडेल र अशोक पौडेल १–१ विकेट लिए ।

अब अर्को खेलमा नेपालले बुधबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगितामा नेपाल, अफगानिस्तान र युएईले सिधा छनोट खेल्दा हङकङ र ओमानले छनोट पार गरेका हुन्। छनोटको तयारीका लागि नेपालले वीरगञ्जमा दिल्लीको यू१९ टोलीसँग तीन खेलको सिरिज खेल्दा तीनै खेलमा जित निकालेको थियो।

त्यसपछि मुलपानीमा अफगानिस्तानसँग सिरिज खेल्दा नेपाल सुरुवाती दुई खेलमा पराजित भयो। वर्षाले प्रभावित तेस्रो खेल नेपालले जितेको थियो। यो छनोटमा नेपालको मुख्य चुनौती अफगानिस्तान देखिएको छ।

अफगानिस्तानसँग मुलपानीमा तीन खेलको सिरिज खेल्दा नेपाल दबाबमा देखिएको थियो । अफगानिस्तानविरुद्धको तेस्रो खेलमा मात्रै नेपालले जित हासिल गरेको थियो । नेपालले अब ३ गते हङकङ र ६ गते अफगानिस्तानसँग खेल्नेछ ।

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो। त्यसअघि नेपालले २००० देखि २००८ सम्म लगातार पाँचपटक विश्वकप खेलेको थियो। सन् २०१२ र २०१६ मा पनि खेल्दै नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ।

यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top