×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विश्वकपमा रोनाल्डो भर्सेस सुवारेज, को छ बलियो ?

१२ मंसिर २०७९

१२ मंसिर,एजेन्सी ।

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । आज समूह चरण अन्तर्गत समूह ’जी’ र समूह ’एच’ का दुई÷दुई खेलहरु हुनेछन् । पहिलो खेलमा समूह ’जी’ मा रहेको क्यामरुन र सर्बियाबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा समूह ’एच ’ को दक्षिण कोरिया र घानाबीच प्रतिस्पर्धा हुनेछ ।

विश्वकप अन्तर्गत सोमवार हुने तेस्रो खेलमा ब्राजिल र स्विट्जरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । आजको अन्तिम एवं चौथो खेलमा पोर्चुगलले उरुग्वेको सामना गर्नेछ । समूह ’जी’ मा रहेको पोर्चुगल र उरुग्वे बीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । आज राती उरुग्वेविरुद्ध मैदान उत्रिँदा पोर्चुगल चार वर्ष अगाडिको बदला लिने लक्ष्यमा हुनेछ ।

यसअघि सुरुवाती दुई खेलमा जित निकाल्दै अन्तिम १६ को होडमा रहेको पोर्चुगल चार वर्षअघि यही दक्षिण अमेरिकी मुलुकसँग पराजित हुँदा अन्तिम १६ बाटै बाहिरिएको थियो । सन् २०१८ को रुस विश्वकपमा उरुग्वेले २–१ को नतिजामा पोर्चुगललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो ।

क्वार्टरफाइनलमा त्यही संस्करणको विजेता बनेको फ्रान्ससँग २–० को नतिजामा पराजित हुँदा दुई पटकको विश्व विजेता उरुग्वे पनि घर फर्किएको थियो । फर्नान्डो सान्तोसको पोर्चुगलले पहिलो खेलमा घानालाई ३–२ गोलले पराजित गरेको थियो । अर्कातिर उरुग्वे समूह चरणको पहिलो खेलमा एसियाली मुलुक दक्षिण कोरियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।

लुसेल रंगशालामा आज डिएगो अलोन्सोको टिमको सामना गर्दा पोर्चुगलको कठिन परीक्षा हुने फरवार्ड गोन्कालो रामोस बताउँछन् । ‘उनीहरू धेरै बलिया र खतरनाक टिम छन’, रामोसले भने । डिएगो गोडिन साँच्चै उत्कृष्ट खेलाडी भए पनि टिमवर्क महत्वपूर्ण हुने रामोसले बताए ।

‘हाम्रो टिमको स्तरअनुसार जुनसुकै खेलमा पनि हामी दाबेदार हुनुपर्छ जस्तो लाग्छ’, उनी भन्छन्, ‘हामीले कुनै पनि खेलमा बराबरीका बारे सोचेका छैनौं। हामी जितकै लागि खेल्ने छौं।’ सुपरस्टार फरवार्ड रोनाल्डो सम्भवतः अन्तिम विश्वकप खेलिरहेका छन् ।

अन्तर्राष्ट्रिय फुटबलका कीर्तिमानी गोलकर्ता रोनाल्डो आफ्नो नेतृत्वमा पोर्चुगललाई विश्वकपमा सकेसम्म अगाडि बढाउने लक्ष्यमा छन् । घानाविरुद्धको गोलसँगै अन्तर्राष्ट्रिय फुटबलमा एक सय १८ गोल गरिसकेका रोनाल्डो यो सूची लम्ब्याउन चाहन्छन् ।

गत वर्ष सेप्टेम्बरमा इरानी फरवार्ड अली देईको एक सय नौ गोलको कीर्तिमान तोडेका ३७ वर्षीय रोनाल्डो उरुग्वेविरुद्ध विश्वकपमा नवौं गोलको खोजीमा हुनेछन् । अल डायनमा पोर्चुगलविरुद्ध उत्कृष्ट रक्षात्मक लय कायम राख्न सके उरुग्वे समूह चरणका लगातार ६ खेलमा क्लिन सिट राख्ने पहिलो टिम बन्नेछ ।

पोर्चुगलले भने समूह चरणमा खेलेका पछिल्ला १३ खेलमा एक मात्र पराजय भोगेको छ । जुन सन् २०१४ विश्वकपमा जर्मनीवरुद्ध थियो । क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलले समूह चरणमै लुइस सुवारेजको टिम उरुग्वे प्रतिस्पर्धी पाएको हो । कुनै समयका यी दुई स्टार कट्टर प्रतिद्वन्द्वी हुन् ।

मेस्सीका सहकर्मी सुवारेजले एक सिजन रोनाल्डोलाई पछि पार्दै सर्वाधिक गोलकर्ता समेत बनेका थिए । पछिल्लो समय यी दुवै स्टार ला लिगाबाट बाहिरिएका छन्। सधैं भेटिने सुवारेज र रोनाल्डोका देश पोर्चुगल र उरुग्वेको भने विश्व फुटबलमा बिरलै भेट हुने गरेको छ ।

अहिलेसम्म यी दुई टोली जम्मा तीन पटक भिडेका छन् । तर लगातार दोश्रो पटक विश्वकपमा प्रतिस्पर्धा हुन लागेको हो । २०१८ को विश्वकपमा अन्तिम १६ मा भेट भएका थिए । जतिबेला उरुग्वेले २–१ ले पराजित गर्दै पोर्चुगलको यात्रा टुंग्याइदिएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top