×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विश्वकप क्रिकेटः के भारतलाई वेष्ट इण्डिजले रोक्ला ?

१२ असार २०७६

एजेन्सी, असार १२
एकदिवसीय विश्वकपमा भारतले बिहीबार वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्दा आफ्नो जितयात्रा निरन्तरता दिन चाहन्छ । ५ खेलमा ४ जित हासिल गरिसकेको भारतका लागि अर्को एक जितले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । आजको खेल वेष्ट इन्डिजका लागि गर या मरको स्थितिमा छ । किनभने आज वेष्ट इन्डिज पराजित भए विश्वकप क्रिकेटबाट बाहिरिनेछ ।

यता, भारत भने स्पष्ट जितको खोजीमा हुनेछ । पाँच खेलमध्ये चार खेलमा जित र एक खेल वर्षाको कारण अंक बाँड्दै भारतले ९ अंक बनाएको छ । वेष्ट इन्डिजलाई पराजित गरे भारत सेमिफाइनल नजिक पुग्नेछ । तर हारेको खण्डमा बाँकी तीन खेलमध्ये दुई खेलमा जित हात पार्नुपर्ने हुन्छ ।

वेष्ट इन्डिजले ६ खेलबाट एक खेलमा जित, चार खेलमा हार र एक खेल वर्षाका कारण अंक बाँड्दै तीन अंक छ । विश्वकपको सेमिफाइनलमा पुग्ने सम्भावना अंक गणितमै मात्र सीमित रहे पनि चमत्कारी प्रदर्शन गर्दै जित हात पारेमा र अन्य टिमको नतिजाले वेष्ट इन्डिजलाई साथ दिएमा उसको सेमिफाइनलको ढोका खुल्ने सम्भवना छ । तर एकदमै न्यून । तुलनात्मक रुपमा भारत वेष्ट इन्डिजभन्दा हरेक कुरामा बलियो देखिएको छ । वेष्ट इन्डिज टिममा स्टार खेलाडी भए पनि चल्न सकिरहेको छैन । न्यूजिल्याण्डसँग अप्रत्यासित रुपमा ५ रनको हार ब्यहोरेपछिको पहिलो खेलमा वेस्ट इण्डिजले भारतसँग खेल्दैछ । त्यस खेलमा वेस्ट इण्डिजको ब्याटिङ क्रम ध्वस्त भइसकेको थियो । कार्लोस ब्रेथवेइटले केही प्रभावशाली शटहरु प्रहार गरेपछि उसको जित आशा जागेको थियो ।

कसका खेलाडी प्रभावशाली
जारी विश्वकपभरि नै ज्यासन होल्डर नेतृत्वको टोलीले यस्तै अनिश्चित प्रदर्शनहरु गरिरहेको छ । ६ खेलबाट ३ अंक जोडेको क्यारेवियन टोलीका लागि सेमिफाइनल आशा जीवित राख्न बाँकी तीनै खेल जितेर पुग्दैन, अरु टोलीको नतिजामा पनि भर पर्नुपर्छ ।

प्रतियोगितामा अपेक्षाकृत प्रदर्शन गर्न नसकेका हार्ड हिटर आन्द्रे रसेल घुँडाको चोटका कारण प्रतियोगिताबाट बाहिरिइसकेका छन् । उच्च लयमा रहेको भारतीय टोलीबिरुद्धको खेलमा रसेलको अनुस्थिति पनि वेस्ट इण्डिजका लागि महंगो पर्न सक्छ ।

भारतका बलरले पुनः एकपल्ट म्याच विनिङ क्षमताको प्रदर्शन गर्ने अपेक्षा गरिन्छ । पछिल्लो खेलमा सामान्य लक्ष्य पछ्याएको अफगानिस्तानबिरुद्धको जितमा मोहम्मद सामीले विश्वकप इतिहासको दशौं र जारी विश्वकपमा पहिलो ह्याट्रिक विकेट लिएका थिए । सामी वेस्ट इण्डिजबिरुद्ध पनि सुरुआती सेटमा पर्न सक्छन, किनभने भुवनेश्वर कुमारले ह्याम्स्ट्रिङको चोटका कारण खेल्न सकेका छैनन् ।

भारतीय मध्यक्रमका ब्याट्सम्यानले संयमित भएर खेल्नुपर्ने देखिन्छ । जसले बलरहरुलाई कम दवाव परोस म्यान्चेस्टरको ओल्ड ट्राफोट मैदानमा हुन लागेको यस खेलमा सुख्खा पीचमा स्पिनरहरु हावी हुने अनुमान गरिएको छ ।

बिहीबार म्यानचेस्टरमा वर्षाको सम्भावना छैन । जारी विश्वकपमा अहिलेसम्म यस मैदानमा भएका ३ खेल पहिलो ब्याटिङ गर्ने टोलीले जितेको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top