×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विश्वकप लिगको तयारी श्रीलंकामा, एनपिएलमा आठ टोली

१५ भाद्र २०८१

१५ भदौ , काठमाडौं ।

नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार एक विज्ञप्तीमार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा तीन अभ्यास खेल हुने बताएको छ ।

क्यानका अनुसार श्रीलंका डेभलभमेन्ट टिमकंगमा नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल खेल्ने छ । नेपालले भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्नेछ ।

क्यानले श्रीलंका भ्रमणमा जाने १९ जना खेलाडीको नामावली समेत निकालेको छ । जसमा रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने रहेका छन् ।

यसबीचमा नेपाल प्रिमियर लिग(एनपिएल) का लागि आठ फ्रेन्चाइजी शहरको नाम सार्वजनिक भएको छ । क्यानले शुक्रबार नै एनपिएलको पहिलो संस्करणमा सहभागी रहने आठ फ्रेन्चाइजीको टुंगो लगाएको जनाएको हो ।

एनपिएलमा सहभागी रहने फ्रेन्चाइजीमा शहरमा विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, कर्णाली र सुदरपश्चिम रहेका छन् ।

क्यानको बोर्ड बैठकले बिहीवार पहिलो संस्करणको एनपिएलमा आठ टोली सहभागी रहने निर्णय गरेको थियो । पहिलो संस्करणको एनपिएल मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

यसैबीच लामो समय अलपत्र बनेको चितवनको रामपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणले गति लिएको छ । संघ र प्रदेश सरकारसँगको समन्वयमा भरतपुर महानगरपालिकाको अग्रसरतामा कामले गति लिन थालेको हो ।

रंगशालाको स्थलगत निरीक्षण गर्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले ठेक्का लागेसँगै रंगशाला निर्माणको काम सन्तोषजनक रुपमा अघि बढेको बताइन् । उनले निर्माणका लागि आवश्यक नदीजन्य सामग्री र अन्य कामको सहजीकरणका लागि महानगरले सहयोग गर्ने बताइन् ।

महानगरपालिकाले हिमालयन कालिञ्चोक बीबीआर जेभीलाई ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्नेगरी जिम्मा दिएको हो ।

निर्माण कम्पनीले दुई हप्तादेखि फिल्डस्तरमा काम थालेको भरतपुर महानगरपालिकाका प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनले कामको सहजीकरणका लागि महानगरपालिकाले चारजनाको प्राविधिक टोली कार्यस्थलमा खटाएको बताए ।

उनका अनुसार यसअघिको डिजाइन परिवर्तन गरिएको छ भने दर्शक अट्ने क्षमता घटाएर अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न मिल्ने गरी रंगशाला निर्माण फेरि सुरु गरिएको छ ।

सरकारले आवश्यक सहयोग गरेमा सम्झौता अवधिभन्दा छिटो सक्नेगरी काम अघि अगाडि बढाइएको हिमालयन कालिञ्चोक बीबीआर जेभीका आयोजना प्रमुख विजय ढकालले बताए ।

उनका अनुसार अहिले २५० जना कामदार खटिएका छन् । उनले पहिलो चरणमा रंगशालामा मैदान, ड्रेनऐज र दुई वटा तीन तलाको टावर निर्माण गरिनेछ ।

धुर्मुस–सुन्तली फाउण्डेसन र भरतपुर महानगरबीच २०७५ माघ १६ गते रंगशाला निर्माण सम्झौता हुँदा ३० हजार दर्शक क्षमताको बन्ने उल्लेख थियो ।

पहिलो चरणमा १५ हजार दर्शक अट्ने क्षमताको रंगशाला बन्नेछ । फाउण्डेसनले यसअघि नै दुबो रोपेर मैदान बनाएको थियो ।

अहिले भने नयाँ प्रविधिको प्रयोगगरी पाँच वटा पिचसहितको मैदान बनाउन लागिएको छ । नयाँ माटो ल्याएर मैदानमा पानी नजम्ने बनाउन लागिएको उनले बताए ।

महानगरपालिकाले रु ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का सम्झौता गरेको हो । फाउण्डेशनले यो परियोजना तीन अर्ब ५५ करोड रुपैयाँको रहेको जनाएको छ ।

सहयोग जुटाएर निर्माण सुरु गरेको रंगशाला धुर्मुस सुन्तली फाउण्डेशनले बजेट अभाव भएपछि काम रोकेको थियो । अहिले पनि रंगशालाको ऋण रु १२ करोड रहेको फाउण्डेशनले जनाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top