×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

२ पुस , काठमाण्डौ ।

ह्युमानोइड रोबोट प्रविधिमा तीव्र विकास भइरहेका बेला चीनले विश्वकै सबैभन्दा सस्तो ह्युमानोइड रोबोट सार्वजनिक गरेको छ । ‘बुमी’ नामक यस रोबोटको मूल्य केवल ९ हजार ९९८ युआन (करिब १ हजार ४०० अमेरिकी डलर) तोकिएको छ ।

यो रोबोट विशेष गरी बालबालिकासँग संवाद गर्न, शिक्षा दिन तथा रोबोटिक्स र एआई सिकाउन डिजाइन गरिएको हो । चीनको यो पहलले विश्व रोबोटिक्स बजारमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

बुमी हल्का तौल र सानो आकारको ह्युमानोइड रोबोट हो । यसले हिँड्न, दौडन, नाच्न र मानिससँग कुराकानी गर्न सक्छ । ड्र्याग–एन्ड–ड्रप टुल प्रयोग गरेर सजिलै प्रोग्राम गर्न सकिने भएकाले यो विद्यालय, विश्वविद्यालय र परिवारहरूका लागि किफायती विकल्प बनेको छ ।

महँगा ह्युमानोइड रोबोट किन्न नसक्ने शैक्षिक संस्थाहरूका लागि बुमीले रोबोटिक्स शिक्षामा नयाँ अवसर खोल्ने विश्वास गरिएको छ । बुमीको व्यावसायिक बिक्री जनवरी २०२६ बाट सुरु हुने कम्पनीले जनाएको छ ।

यससँगै चीन आम उपभोक्तालाई लक्षित ह्युमानोइड रोबोट बजारमा अग्रणी राष्ट्रको रूपमा उभिने तयारीमा देखिएको छ । चीनको सोंगयान पावर कम्पनीले हुआईचेन टेक्नोलोजीसँग सम्झौता गर्दै १ हजार वटा बुमी ह्युमानोइड रोबोट आपूर्ति गर्ने सहमति गरेको छ ।

अमेरिकामा विकसित ह्युमानोइड रोबोटहरू हाल अत्यन्तै महँगा छन् । टेस्लाको अप्टिमस रोबोटको अनुमानित मूल्य २० हजारदेखि ३० हजार डलरसम्म हुनसक्छ भने एजिलिटी रोबोटिक्सको डिजिट रोबोटको मूल्य करिब २ लाख ५० हजार डलर रहेको छ ।

यी रोबोटहरू उद्योग र गोदामका लागि डिजाइन गरिएका हुन् । यसको विपरीत, चीनले कम लागतमा उत्पादन गरी व्यापक प्रयोगमा ल्याउने रणनीति अपनाएको देखिन्छ ।

ह्युमानोइड रोबोट भनेका मानिसजस्तै आकार, हाउभाउ र व्यवहार गर्न सक्ने रोबोट हुन् । यस्ता रोबोटले हिँड्न, बोल्न र मानवसँग अन्तरक्रिया गर्न सक्छन् ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top