×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

विश्वको सबैभन्दा लामो मोटरवे टनेल चीनमा

५ पुष ,एजेन्सी ।

चीनले अहिले विश्वको सबैभन्दा लामो मोटरवे टनेल निर्माण गरिरहेको छ। यसका लागि चीनले पाहाडमुनि उत्खनन गरिरहेको छ। यो ३ दशलमव ७ बिलियन डलरको प्रोजेक्ट हो। २० दशलमव ९ किलोमिटर लामो ’टियान्सन सेङ्ली’ टनेलले विश्वको सबैभन्दा लामो पर्वत श्रृङ्खलालाई पार गर्नेछ।

यसले यात्राको समय केही मिनेटमा सिमित बनाउनेछ । यो टनेल अक्टोबर २०२५ मा ट्राफिकका लागि खुल्नेछ र टियान्सन पर्वत हुँदै हुने यात्रा समयलाई मात्र २० मिनेटमा घटाउनेछ। परियोजनाको निर्माण सन् २०१६ मा सुरु भएको थियो र सन् २०३१ सम्ममा सम्पन्न हुने लक्ष्य राखिएको छ।

सी जिनपिङ सरकारले यस टनेलका लागि ठुलो रकम खर्च गरिरहेको छ। यो मानवद्वारा निर्माण गरिएको सबैभन्दा लामो सुरुङ्ग पनि हुनेछ। तियानसान पर्वत विश्वको सातवटा प्रमुख पर्वत शृङ्खलाहरू मध्ये एउटा हो, जसको औसत चौडाइ लगभग ३२१ किलोमिटर छ।

उन्नत कनेक्टिभिटीले यातायात प्रणालीमा सुधार ल्याउने र क्षेत्रीय आर्थिक तथा सामाजिक विकासलाई बढावा दिने अपेक्षा गरिएको छ। अर्थशास्त्रीहरूले टनेल पूरा भएपछि सिन्जियाङको यस अविकसित क्षेत्रमा व्यापार र आर्थिक विकासले ठूलो बढोत्तरी पाउने अनुमान गरेका छन्।

द इकोनोमिस्ट इन्टेलिजेन्स युनिटका विज्ञ जु तियानचेनले यस टनेलको रणनीतिक महत्त्वका बारेमा बताउदै भनेका छन् कि यो मध्य एसियाका लागि गेम–चेन्जर साबित हुन सक्छ र धेरै आर्थिक गतिविधिहरूलाई जन्म दिन सक्छ।

यसको सम्पन्नताले निश्चित रूपमा सिन्जियाङको अविकसित भागमा व्यापार र आर्थिक विकासलाई फाइदा पुग्नेछ । यस टनेलबाट चीनलाई आर्थिक लाभ हुनेछ । तर यसबाहेक यो भू–राजनीतिक दृष्टिकोणबाट चीनका लागि पनि फाइदाजनक छ।

सिन्जियाङ एक रणनीतिक क्षेत्र हो जुन रसिया, मङ्गोलिया र कजाकिस्तानको सिमानामा छ। अर्को रेकर्ड तोड्ने परियोजना ’रोगफास्ट’ विश्वको सबैभन्दा लामो र गहिरो सडक टनेल हुन गइरहेको छ, जसको लागत ४५ अर्ब डलर हुनेछ।

यो २५ दशमलव ७ किलोमिटर लामो टनेल नर्वेको रान्डाबर्ग र बोकनको बीचमा निर्माण हुदैछ । जसले २१ घण्टाको यात्रा समय लगभग आधा घटाउनेछ। चीनमा धेरै ठूला र महत्वपूर्ण सुरुङ मार्गहरू छन्, जसले देशको यातायात प्रणालीलाई आधुनिक र प्रभावकारी बनाएका छन्।

यस्ता प्रमुख सुरुङ मार्गमा एक चिन्हुआनशान सुरुङ रहेको छ । यो बेइजिङमा अवस्थित छ र यसको लम्बाइ करिब १८.०२ किलोमिटर छ। यो सुरुङले बेइजिङको पश्चिमी भागमा यातायातलाई सहज बनाएको छ।

यस्तै स्याङ’आन सुरुङ स्यामेन शहरमा रहेको छ र यसको लम्बाइ करिब ८.०७ किलोमिटर छ। यो चीनको पहिलो समुद्री सुरुङ हो, जसले स्यामेन टापुलाई मुख्य भूमिसँग जोड्छ। अर्काे स्याङ्गुइलिङ सुरुङ रहेको छ ।

यो सुरुङ ग्वाङ्डोङ प्रान्तमा अवस्थित छ र यसको लम्बाइ करिब ९.७ किलोमिटर छ। यो सुरुङले ग्वाङ्झाउ र शेन्जेनबीचको यातायातलाई सहज बनाएको छ। यसैगरी जिउलिङशान सुरुङ हुबेई प्रान्तमा रहेको छ र यसको लम्बाइ करिब १४.४ किलोमिटर छ।

यो सुरुङले हुबेई र छोंगछिङबीचको यातायातलाई सहज बनाएको छ । भने करिब १८.०२ किलोमिटर लामो छिनलिङशान सुरुङ शान्सी प्रान्तमा अवस्थित छ । यो सुरुङले उत्तर र दक्षिण चीनबीचको यातायातलाई सहज बनाएको छ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top