×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विश्वमै प्रतिक्षित बनेको आइफोन १६, के छन् विशेषता ?

११ बैशाख २०८१

११ वैशाख , एजेन्सी ।

केही दिन अघि मात्रै मोबाइल फोनमा सामसुङका अघि शीर्षताको साम्राज्य गुमाएको आइफोन निर्माता कम्पनी एप्पल इंकले सेप्टेम्बरमा आइफोन १६ लञ्च गर्दैछ । आइफोन प्रयोगकर्ताहरुका लागि यो विश्वभरमै प्रतिक्षाको विषय बनेको छ । खास गरी यसमा आउने नयाँ फचरस्हरुलाई लिएर । अहिलेसम्म नयाँ आइफोनका कयौं फिचर र डिजाइन लिक भएका छन् ।

डिजाइनलाई लिएर मिम्स पनि भाइरल भएका छन् । आइफोन १६ को क्यामरा मोड्यूल झट्ट हेर्दा आइफोन ११ र १२ जस्तै अर्थात् भर्टिकल मोड्यूल छ । त्यसैले आइफोन ११ र १२ चलाउनेहरु उत्साहित देखिएका छन् । तर फोनको डिजाइन केही फरक छ। समग्र डिजाइनमा पनि खासै परिवर्तन देख्न नपाइने संकेत छ । यस पटक कम्पनीले डिस्प्लेमा पहिलाभन्दा धेरै कम बेजल्स यूज गर्नेछ ।

आइफोन १६ सिरिजमा डाइनामिक आइल्यान्ड देख्न पाइनेछ । आइफोन १६ र आइफोन १६ प्लसमा आइफोन १५ प्लसको जस्तै एक्शन बटन दिइने छ । आइफोन प्रो र आइफोन १६ प्रो म्याक्समा अर्को एउटा बटन पनि देख्न पाइनेछ । यो बटन डेडिकेटेड क्यामरा शटरको लागि हुनेछ । एक्शन बटनसहित यो नयाँ बटनलाई प्रयोगकर्ताहरुले कतिको मन पराउनेछन् यो भने हेर्न बाँकी नै छ ।

फोनमा आइफोन १५ र आइफोन १५ प्रो म्याक्समा प्रयोग गरिएको प्रोसेसर अर्थात् ए१७ बायोनिक हुनेछ । तर यो प्रोसेसर पहिलाको भन्दा निकै फाष्ट हुने अनुमान गरिएको छ । फोनमा ए१८ चिपसेट राखिनेछ । यस अघि भने नयाँ आइफोन लञ्च हुन सक्ने अफवाह सुन्नमा आएको थियो । तर पछिल्ला समाचारहरुमा आइफोन १६ अल्ट्रा लञ्च हुने कुनै आशा नभएको बताइएको छ ।

यस पटक कम्पनीले आइफोन १६ मा टन्नै एआई फिचर ल्याउने आशा भने छ । आइफोन १६ प्रो र प्रो म्याक्समा केही जेनरेटिभ एआई फिचर्स हुन सक्ने आशा गरिएको छ । सामान्य आइफोन १६ मा यो फिचर हुने आशा छैन । पैसाको कुरा गर्ने हो भने आइफोन १६ प्रो र १६ प्रो म्याक्स आइफोन १५ प्रो र १५ प्रो म्याक्सको तुलनामा १० प्रतिशत बढी महँगो हुने आशा गरिएको छ ।

आइफोन १६ र आइफोन १६ प्लसको मूल्य भने पछिल्ला आइफोन जत्तिकै हुन सक्नेछ । हरेक वर्ष कम्पनीले नयाँ आइफोनमा पहिलाको तुलनामा अलि धेरै ब्याट्री ब्याकअप दिने दाबी गर्ने गरेको छ । यसपाली पनि यस्तै हुनेवाला छ । खबरहरूका अनुसार पहिलाको तुलनामा अलि बढी फाष्ट चार्ज दिन सक्नेछ ।

पछिल्ला मोडलको तुलनामा यस पटक प्रो मोडलमा ६.३ इञ्चको डिस्प्ले हुनेछ । प्रो म्याक्समा ६.९ इञ्चको डिस्प्ले हुन सक्नेछ । क्यामराको कुरा गर्नु पर्दा आइफोन १६ र आइफोन १६ प्लसमा नयाँ क्यामरा सेन्सर हुने छैन । कम्पनीले आइफोन १५ प्रोकै सेन्सर प्रयोग गर्नेछ । आइफोन १६ प्रो र १६ प्रो म्याक्समा नयाँ सेन्सर हुन सक्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top