Nepal Times
Nepal Times
3
Shares

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस, आईजीपीमा प्रतिस्पर्धा अन्त्य हुने

विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस, आईजीपीमा प्रतिस्पर्धा अन्त्य हुने

१५ मंसिर, काठमाडौं ।

नेपाल प्रहरीमा थप गरिएको एउटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई बढुवा गर्न सिफारिस गरिएको छ ।

गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । विश्वराजलाई बढुवा गर्न सिफारिस गरेसँगै आगामि महानिरीक्षक (आईजीपी)मा प्रतिष्पर्धा अन्त्य हुने भएकाे छ ।

हालका आईजीपी शैलेश थापा क्षेत्रीको अवकाश भएपछि आईजीपी बन्नका लागि उनी एक्लो दाबेदार बनेका छन् । क्षेत्रीको कार्यकाल १९ वैशाख २०७९ सम्म छ ।

यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार पोखरेललाई एआईजीमा बढुवा गरेर भावी आईजीपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई समेत थाहै नदिइ एआईजीको दरबन्दी थपेको थियो ।

पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । तर, सरकारले पोखरेलको एकल बढुवा गरेसँगै अन्यको सम्भावना टरेको छ ।

यसअघि पोखरेल प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा पनि एक्लै बढुवा भएका थिए । त्यसवेला पनि कनिष्ठ अधिकृतलाई डीआईजी बनाइएको भन्दै आलोचना भएको थियो ।

एआईजीमा पोखरेलको ब्याचबाट एकल बढुवाले अन्यको कार्यसम्पादनसमेत खस्काउने भन्दै प्रहरी प्रधान कार्यालय असन्तुष्ट छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.