×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विश्व बैंकको नजरमा कस्तो छ नेपालको अर्थतन्त्र ?

१० चैत्र २०८१

११ चैत , काठमााण्डौ ।

दक्षिण एसियामा आर्थिक संकट भोगेर सुधारको मार्गमा अघि बढिरहेका दुई प्रमुख उदाहरण हुन्, श्रीलंका र माल्दिभ्स। आर्थिक रूपले टाट पल्टिएको श्रीलंका अहिले क्रमशः स्थायित्वतर्फ उन्मुख देखिन्छ, भने पर्यटनमा निर्भर रहेको माल्दिभ्स भारत र चीनको भूराजनीतिक खेलबीच आर्थिक संकट भोगेर पुनः स्थिरताको दिशामा अघि बढिरहेको छ।

नेपाललाई पनि पटक–पटक श्रीलंका र माल्दिभ्सको बाटोतर्फ उन्मुख भएको बताइए पनि वास्तविकता त्यति भयावह भइसकेको छैन। तर, आर्थिक सबलीकरण र स्रोतको अधिकतम उपयोग गर्ने मामिलामा नेपाल अझै पछि नै छ।

विश्व बैंकले हालै सार्वजनिक गरेको नेपाल राष्ट्र आर्थिक परिदृश्य प्रतिवेदन अनुसार नेपाल, श्रीलंका र माल्दिभ्सको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन। काठमाडौंमा आयोजित उक्त प्रतिवेदन सार्वजनिक कार्यक्रममा विश्व बैंकका दक्षिण एसियाली निर्देशक डेभिड सिस्लेनले यी मुलुकहरूका आर्थिक अवसरहरूलाई अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

नेपाल अहिले नै संकटग्रस्त अवस्थामा नभए पनि आर्थिक सुधारका लागि ठोस नीतिगत पहल आवश्यक रहेको स्पष्ट संकेत यस अध्ययनले दिएको छ। ‘गरिबी न्यूनीकरणमा नेपालको सफलता उल्लेखनीय छ तर मुलुकको आर्थिक सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन सकेको छैन’, उनले भने, ‘नेपालसँग आप्रवासनको प्रतिफल वृद्धि गर्ने, निर्यात बढाउने, जलविद्युतको कुशलतापूर्ण उपयोग गर्ने, र डिजिटलीकरणलाई प्रवद्र्धन गर्नेजस्ता सुधारमार्फत मजबुत आर्थिक वृद्धि हासिल गर्नसक्ने प्रशस्त सम्भावना छ।’

नेपालको आर्थिक वृद्धि र रोजगारी सिर्जनाको लागि विश्व बैंकले चार सुझावसहितको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपालले चरम गरिबी लगभग निवारण गरेर गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै विश्व बैंकलेभविष्यमा सुदृढ आर्थिक वृद्धि हासिल गर्न नेपालले आन्तरिक अवसरहरूलाई खुल्ला गर्ने नीतिगत कदमहरूलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरेको छ।

निर्यातमा गिरावट, औद्योगिक क्षेत्रको गतिहीनता र न्यून उत्पादकत्वजस्ता संरचनागत चुनौतीहरूले नेपालको अर्थतन्त्रलाई पछाडि धकेल्नुका साथै गैर–कृषि क्षेत्रमा रोजगारी सिर्जना सुस्त भएको छ र आन्तरिक रोजगारी अवसर सीमित हुँदा युवा श्रमिकहरू वैदेशिक रोजगारीमा जान बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

हरेक पाँच वर्षमा तयार गरिने नेपाल राष्ट्रगत आर्थिक परिदृश्यले प्रमुख क्षेत्रमा तीव्र आर्थिक वृद्धिको मार्गचित्र प्रदान गरेको हो। यसले नेपालको आर्थिक सम्भावनालाई उजागर गर्न चार प्रमुख क्षेत्रहरूमा नीतिगत सुधारको सिफारिस गरेको छ।

जसमा आप्रवासनलाई व्यवस्थित गर्दै सोबाट थप लाभ उठाउने, वैदेशिक रोजगारीमा गएर फर्किएकाहरुलाई आन्तरिक बजारमा व्यवस्थापन गर्ने तथा सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ।

यस्तै नेपालको निर्यातलाई थप मजबुत बनाउन मुख्य क्षेत्रका बजारलाई प्रतिस्पर्धी बनाउदै निर्यात बढाउन सकिने तथा मुद्रास्फीतिको दबाबलाई व्यवस्थापन गर्न निर्यातकर्ताको मूल्य प्रतिस्पर्धालाई समेत सम्बोधन गर्न प्रतिवेदनले सुझाएको छ।

व्यवसायले आयातित वस्तुमा कर फिर्ता प्राप्तिको प्रणाली सरलीकरण र आयात कर कटौतीले निर्यातकर्तालाई थप निर्यातका लागि सहज बनाउने उल्लेख गर्दै अल्पविकसित राष्ट्रको रूपमा प्राप्त गर्ने व्यापार सुविधा कटौती हुने अवस्थालाई मध्यनजर गर्दै थप सुविधायुक्त व्यापार सम्झौताहरू खोज्न सुझाव दिएको हो ।

जलविद्युतको सम्भावना उपयोगलाई जोड दिएको विश्व बैंकले जलविद्युत् विकासका लागि स्पष्ट वित्तीय रणनीति निर्माण गर्दै आवश्यक लगानी आकर्षित गर्नुपर्ने उल्लेख गरेको छ।

जसमा स्थानीय बचतपत्र बजारको विकास तथा ठूला सार्वजनिक–निजी साझेदारी पीपीपीका ठूला परियोजनाहरूका लागि प्रभावकारी ढाँचा निर्माण गर्दै प्रशासनिक झन्झट घटाएर र इजाजत लाइसेन्स प्रक्रियालाई सरलीकरण गर्नुका साथै नियमन तथा कानुनी संरचनालाई सशक्तीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।

यसले नेपालको विद्युत बजार संरचना सुधार गर्ने र थप लगानी आकर्षित गर्ने प्रतिवेदनमा छ। यस्तै प्रतिवेदनले नेपालको डिजिटल क्षेत्रमा सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अवलम्बन र डिजिटल पूर्वाधारको विकास गर्नुपर्ने बताएको छ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top