Nepal Times
Nepal Times
3
Shares

विष्णुमति नदी सफाई अभियान शुरु

विष्णुमति नदी सफाई अभियान शुरु

१ वैशाख, काठमाडौं । नयाँ वर्ष २०७८ को अवसर पारेर बुधबारदेखि विष्णुमति नदी सफाई अभियान शुरु गरिएको छ ।

बुधबार नयाँ वर्षको पहिलो दिन पारेर विष्णुमति नदी सफाई अभियान शुरु गरिएको हो । विष्णुमति सफाई अभियानको आयोजनामा बुधबार बिहान विष्णुमति नदीको शोभा भगवति क्षेत्रबाट सफाई अभियान प्रारम्भ गरिएको छ । विष्णुमति नदी उपत्यकाबासीको सभ्यता, धर्म, परम्परा र जीवनपद्धतीसँग जोडिएको भएपनि हाल प्रदुषित अवस्थामा रहेका कारण वातावरण बिग्रदै गइ मानव स्वास्थ्यलाई समेत असर पर्न थालेकाले विष्णुमति नदी सफाई अभियान सञ्चालन गर्नुपरेको सांसद जीवनराम श्रेष्ठले बताए ।

विष्णुमति सफाइ हरेक महिनाको अन्तिम शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म गरिने उनले जानकारी दिए । आगामी दिनमा अझै बढी समय दिइने पनि उनको भनाई छ । विष्णुमति सफाइमा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, काठमाडौँ महानगरपालिका, विभिन्न संघसंस्थाहरु र स्थानीयको सहभागिता रहेको रहेको थियो । विष्णुमति सफाई अभियानलाई थप विस्तार प्रभावकारी बनाउँदै लगिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.