Nepal Times
Nepal Times
3
Shares

विष्णु माझीको ‘दशैं तिहार आईसक्यो’ गीत सार्वजनिक (भिडियाे)

विष्णु माझीको ‘दशैं तिहार आईसक्यो’ गीत सार्वजनिक (भिडियाे)

७ असाेज, काठमाडौं ।

विष्णु माझीको स्वरमा ‘दशैं तिहार आईसक्यो’ बाेलकाे गीत सार्वजनिक गरिएको छ ।

यो गीत बुधबार म्युजिक कम्पनी (सपना म्युजिक इन्डष्ट्रिज)मार्फत सार्वजनिक भएको छ । यस गीतमा विष्णु माझीकै श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।

यस गीतमा महिमा आचार्यको कोरस गायन छ । गीतको म्युजिक भिडियोलाई पनि अधिकारीले नै निर्माण तथा निर्देशन गरेका छन्।

प्रिया विष्टले अभिनय गरेको भिडियोमा कोरियोग्राफी शिव बिकले गरेका हुन्। गीत मालश्री स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीतको भिडियोलाई सम्भु चालिसेले खिचेका छन् । गीतको भिडियोलाई सुजन शाहीले सम्पादन गरेका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.