Nepal Times
Nepal Times
3
Shares

वीरगञ्जमा थप दुई संक्रमितको मृत्यु

वीरगञ्जमा थप दुई संक्रमितको मृत्यु

१४ वैशाख, वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ।

सोमबार राति १ बजेर २४ मिनेटमा ४० वर्षीया र ३ बजे ६५ वर्षीया महिलाको मृत्यु भएको हो।

४० वर्षीया महिला बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ र ६५ वर्षीया महिला पर्साको वीरगन्ज महानगरपालिका–२५ सिर्सियाको रहेको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।

बाराकी महिला बैशाख ९ मा र सिर्सियाकी महिला सोमबार भर्ना भएको डा. दासले बताए।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.