Nepal Times
Nepal Times
3
Shares

वीरगञ्जमा मुआब्जाको विरोधमा ड्राइपोर्ट क्षेत्रका स्थानीय प्रदर्शनमा उत्रिए

वीरगञ्जमा मुआब्जाको विरोधमा ड्राइपोर्ट क्षेत्रका स्थानीय प्रदर्शनमा उत्रिए

२० असोज, काठमाडौं । वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) र सुख्खा बन्दरगाहबीचको जग्गाका वासिन्दा मुआब्जाको विरोधमा प्रदर्शनमा उत्रिएका छन् ।

जिल्ला मुआब्जा निर्धारण समितिले हालै तोकेको आईसीपी र सुख्खा बन्दरगाहबीचको ६२ विघा जग्गाको मुआब्जा कम भएको भन्दै उनीहरुले ड्राइपोर्टदेखि परवानीपुर जाने छ लेन सडक अवरुद्ध गरेका छन् ।

सरकारले अधिग्रहण गरेको उक्त जग्गालाई १३ किसिमको बर्गीकरण गरेर मुआब्जा तोकिएको छ । स्थानीय वासिन्दाले आफूहरुको विचल्ली भएको भन्दै बिहीबार पनि टायर बालेर प्रदर्शन गरेका थिए । ६२ विघा जग्गामा ९ सय ९९ परिवारको बसोबास रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.