×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

वीरगञ्ज भन्सारबाट ४ महिनामा ६ अर्ब ८३ करोडको सोयाविन तेल भारत निर्यात

८ मंसिर २०७७

८ मंसिर, वीरगञ्ज ।

देशको प्रमुख भन्सार नाका वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको ४ महिनामा ६ अर्व ८३ करोड मुल्य बराबरको ४८ हजार २८१ मेट्रिकटन सोयाबिन तेल भारत निकासी भएको छ ।

वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा रहेका १४ तेल उद्योगहरुले भटमासको तेल अर्थात सोयाबिन तेल भारत निर्यात गरेका हुन् ।

गत वैशाखको अन्त्यमा भारतले पाम आयलको आयातमा प्रतिबन्ध लगाएलगत्तै वीरगञ्ज पथलैया औधोगिक करिडोरका उद्योगहरुले पाम आयलको उत्पादन बन्द गरी सोयाबिन तेल उत्पादन तर्फ केन्द्रित भएको र अहिले वीरगञ्ज नाका हुँदा ठुलो परिणाममा भटमासको तेल भारततर्फ निर्यात हुने गरेको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६–७७ को शुरूको चार महिनाको अवधिमा १ अर्ब ३३ करोडको १० हजार ५१९ मेट्रीक टन भटमासको तेल निर्यात भएकोमा पाम आयलको आयातमा भारतले प्रतिबन्ध लगाएपछि चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म ६ अर्ब ८३ करोड मूल्य बराबरको ४८ हजार २८१ मेट्रिक टन सोयाबिन तेल भारत निकासी भएको वीरगञ्ज भन्सार कार्यालयका अधिकृत रमेश सुकमनीले जानकारी दिनुभयो ।

वीरगञ्ज प्रशोधित तेल भारत निर्यात गर्ने मुख्य नाका हो । गत आर्थिक वर्षमा नेपालबाट १८ अर्ब ३१ करोडको पाम आयल निर्यात भएकोमा वीरगञ्जबाट मात्रै ११ अर्ब ७२ करोडको १ लाख ७ हजार मेट्रीक टन निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top