Nepal Times
Nepal Times
3
Shares

वीरेन्द्रनगरमा एक युवकको शव फेला

वीरेन्द्रनगरमा एक युवकको शव फेला

२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एकजना युवकको शव फेला परेको छ ।

वीरेन्द्रनगर नगरपालिका –८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका–६, घर भई हाल वीरेन्द्रनगर–१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ वर्षीय जितेन्द्र चलाउनेको हो ।

शव पोष्टपार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको र थप अनुसन्धान भैरहेको डीएसपी घर्तीले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.