Nepal Times
Nepal Times
3
Shares

वैदेशिक रोजगार बोर्डले १९ सय ३७ बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने

वैदेशिक रोजगार बोर्डले १९ सय ३७ बालबालिकालाई शैक्षिक छात्रवृत्ति प्रदान गर्ने

९ जेठ, काठमाडौं ।

वैदेशिक रोजगार बोर्डले शैक्षिक सत्र २०८७ का लागि ५२ जिल्लाका १९ सय ३७ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

अघिल्लो वर्ष निकालेको सूचनामा ७४ जिल्लाबाट २६ सय वटा निवेदन प्राप्त भएको र प्राप्त निवेदन मध्ये अहिलेसम्म ५२ जिल्लाका १९ सय ३७ जना छात्रवृत्ति पाउन योग्य भएको बोर्डले जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार १९ सय ३७ जनाका लागि छात्रवृत्ति रकम एक करोड ८५ लाख २ हजार रुपैयाँ हुन आउँछ ।

त्यो रकम जिल्ला अनुसार चेक तयार भएको र सम्बन्धित जिल्ला शिक्षा कार्यालयलाई पठाउने तयारी भइरहेको उनले बताए ।
अझै बाँकी जिल्लाको भने निवेदन उपर छानबिन भइरहेको । कार्यविधि अनुसार निवेदन दिनेहरू योग्य भएमा सबैले यो छात्रवृत्ति पाउँछन् ।

कार्यविधि अनुसार वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका, अङ्गभङ्ग, अशक्त र बेपत्ता भएका श्रमिकका छोराछोरीले वैदेशिक रोजगार बोर्डमार्फत शैक्षिक छात्रवृत्ति पाउने व्यवस्था छ । सरकारले पहिलो चरणमा भने वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएका कामदारका बालबालिकालाई छात्रवृत्ति प्रदान गर्ने जनाएको छ ।

माध्यमिक तहसम्म पढ्ने बालबालिकाले बोर्डमार्फत प्रदान गर्ने छात्रवृत्ति पाउँछन् । यस्तो छात्रवृत्ति एक कक्षाका लागि एक पटक मात्र उपलब्ध हुन्छ । आधारभूत तहमा बढ्ने बालबालिकाले वर्षमा आठ हजार रुपैयाँ र माध्यमिक तहमा पढ्नेले वार्षिक १२ हजार रुपैयाँ छात्रवृत्ति पाउँछन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.