Nepal Times
Nepal Times
3
Shares

व्यावसायिक च्याउ र सिस्नु खेतीप्रति युवा आकर्षित

व्यावसायिक च्याउ र सिस्नु खेतीप्रति युवा आकर्षित

१० माघ, मकवानपुर ।

मकवानपुर जिल्लामा व्यावसायिक रुपमा च्याउ र सिस्नु खेतीप्रति युवा वर्ग आकर्षित भएका छन् ।

वैदेशिक रोजगारी र जिल्ला बाहिर रोजगारी गर्नुभन्दा जिल्लाभित्रै व्यावसायिक रुपमा च्याउ र सिस्नु खेती गरी स्वरोजगारीको अवसर निर्माण गरेको स्थानीय युवाहरूले बताएका छन्।

हेटौँडा उपमहानगरपालिका–६ का प्रकाश पौडेलले स्वरोजगार बन्न च्याउ खेती स्वरोजगारी र जीविकोपार्जनको उपयुक्त बाटो बन्न पुगेको बताए।

त्यहाँ उत्पादित च्याउलाई बजारको कुनै समस्या नरहेको र च्याउको मूल्य प्रतिकेजी २०० देखि रु २५० सम्म बिक्री वितरण हुने गरेको छ ।

मकवानपुर जिल्लासमेत कार्य क्षेत्र पर्ने कृषि ज्ञान केन्द्र चितवनले च्याउ खेतीको प्रवर्द्धनका लागि विविध कार्य भइरहेको जनाएको छ ।

कृषि क्षेत्रलाई प्रवर्द्धनका लागि किसान वर्गलाई आवश्यक तालीम प्रदान गर्ने योजना रहेको वाग्मती प्रदेशअन्तर्गत भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयका प्रवक्ता डा शरणकुमार पाण्डेले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.