×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

शंकर र महेश बारा जानेभएपछि बबाल,विमानबाट यात्रु ओरालियो

४ मंसिर २०८२

३ मंसिर, काठमाण्डौ।

एमाले महासचिव शंकर पोखरेल र नेता महेश महेश बस्नेत आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेपछि भएको झडपको स्थितीलाई नियन्त्रणमा लिन बारा प्रशासनले कफ्र्यू आदेश जारी गरेको छ ।

स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा जारी आदेशमा प्रदर्शन र झडपका कारण सरकारी सम्पत्ति, पदाधिकारी, पदाधिकारी, सरकारी कार्यालय तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र परिस्थिति थप बिग्रन नदिन गण्डक नहरदेखि–पथलैया सडकको दायाँबायाँ ५ सय मिटर र विमानस्थल वरपर ५ सय मिटरसम्म कफ्र्यू कायम गरिएको उल्लेख छ ।

एमाले नेता शंकर पोखरेल र महेश बस्नेत आउने सूचनापछि युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन् एमालेको मधेस प्रदेशस्तरीय युवा भेलाका निम्ति महासचिव शंकर पोखरेल, युवा इञ्चार्ज महेश बस्नेतसहितका नेता आउने भएपछि जेन–जी समूहले विमानस्थलमै विरोध प्रदर्शन गरेको छ ।

काठमाडौंबाट बुद्ध एयरको १०ः३५ को उडानबाट उनीहरू सिमरा आउने खबर पाएपछि जेन–जी समूह प्रदर्शनमा उत्रिएको हो । बाराको परवानीपुरमा प्रदेशस्तरीय भेलाका निम्ति मधेसका सबै जिल्लाबाट युवा जम्मा भइसकेका छन् ।

पार्टी महासचिव शंकर पोखरेलले उद्घाटन गर्ने उक्त भेलामा पोखरेलसहितका नेतालाई सहभागी हुनै नदिने भन्दै जेन–जी समूहले प्रदर्शन गरेको हो । काठमाडौंबाट निर्धारित समयमै उडानका निम्ति धावनमार्गतर्फ अगाडि बढेको बुद्ध एयरको जहाज पार्किङतिरै फर्किएको छ ।

सबै यात्रुलाई जहाजबाट उतारेर अर्को सूचना नभएसम्म उडान हुने बुद्ध एयरले जनाएको छ । प्रदर्शनकारीहरु धावनमार्गमै पुगेपछि असुरक्षाका कारण काठमाडौंबाटै विमान उड्न नसकेको हो ।

पोखरेल र नेताबस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउने कार्यक्रम सार्वजनिक भएपछि सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गर्दै विरोध प्रदर्शन गरेपछि प्रहरीसँग झडप भएको छ।

सिमराका जेनजी समूहका युवाहरूले सिमरा विमानस्थल घेराउ गरेपछि प्रहरीले बल प्रयोग गरेको हो । एमाले कार्यकर्ता समेत प्रर्दशनमा उत्रिएपछि दुई पक्षबिच झडप भएको हो । विमानस्थल क्षेत्रको सुरक्षामा जनपथ र सशस्त्र प्रहरीको ठूलो फौज परिचालित गरिएको छ।

बस्नेतलाई लिन पूर्वमन्त्री किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनाली लगायत एमाले नेताहरू विमानस्थलमा पुगेका छन् । उनीहरुलाई पनि प्रहरीले सुरक्षा घेराभित्र राखेको छ। बस्नेतको कार्यक्रमको जानकारी सार्वजनिक भएपछि जेनजी युवाहरूले मंगलबारदेखि सामाजिक सञ्जालमार्फत विरोध अभियान घोषणा गरेका थिए।

यता सिमरामा नेकपा एमालेका महासचिव पोखरेल र नेता बस्नेत चढेको जहाज अवतरण गर्न नदिने भन्दै युवाहरुले प्रदर्शन थालेपछि काठमाडौंबाट उड्न लागेको जहाज रोकिएको छ ।

विमानस्थलमा विमान चढिसकेपछि पनि यात्रुलाई फिर्ता गराइएको पत्रकार राजन कुइँकेलले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन् । “शंकर पोखरेल र महेश बस्नेत जाने थाहा पाएपछि हाम्रो विमानलाई अवतरण नदिने भएपछि काठमाडौं विमानस्थलबाट विमानमा चढिसकेका यात्रुलाई ओरालिएको छ,” उनले भनेका छन्, “विमानस्थल नै बन्द गर्ने काम राम्रो होइन । यो गम्भीर विषय हो ।”

बुद्ध एयरको जहाज काठमाडौंबाट उड्नै लागेका बेला सिमराबाट यस्तो खबर आएपछि रोकिएको थियो । अब विमान जाने कि नजाने टुंगो नभएको कुइँकेलले बताएका छन् । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङका अनुसार विमानस्थल वरिपरि भीड बढेको छ ।

एमालेले देशभर युवा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रीय कमिटी बैठकको निर्णयअुनसार देशभर युवा जागरण अभियान सञ्चालन गर्ने र सोही अभियानमा युथ फोर्स गठन गर्ने योजना अगाडि सारिएको युवा संघले जनाएको छ ।

अभियानको संयोजन गर्ने जिम्मेवारी उपाध्यक्ष महाराज गुरुङलाई दिइएको छ । संघका प्रवक्ता निरोज पौडेलका अनुसार केन्द्रीय कमिटीको निर्णयबमोजिम २७ कात्तिकमा लुम्बिनीमा प्रदेशमा कार्यक्रम सम्पन्न भइसकेको छ भने आज बागमतीमा गर्नेछ ।

त्यस्तै, संघको तालिकाअनुसार ३ मंसिरमा मधेशमा, ४ मंसिरमा कोशीमा, ८ मंसिरमा गण्डकीमा, ९ मंसिरमा कर्णालीमा र १० मंसिरमा सुदूरपश्चिममा अभियान सञ्चालन हुनेछ ।

अभियानअन्तर्गत टोलटोलमा सुरक्षा समितिहरू बनाउँदै वडा, पालिका र प्रदेशस्तरीय युथ फोर्स गठन गरिने युवा संघका नेता पौडेलले बताए । अभियानअन्तर्गत नै ५ मंसिरमा काठमाडौंमा स्वयंसेवक भेला पनि आयोजना गर्ने निर्णय युवा संघले गरेको छ ।

संगठनले देशैभरि पार्टीको नीति र नेतृत्वबारे रहेका भ्रमलाई चिर्दै आगामी महाधिवेशनबाट पार्टीलाई अझ सुदृढ र एकताबद्ध गर्न, पार्टीको महाधिवेशनबाट पार्टीको मूल नेतृत्व र युवा नेतृत्वलाई स्थापित गर्न, देशैभरि खस्केको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै जनताको सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यले अभियान चलाउन लागिएको प्रवक्ता पौडेलले जनाएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top