Nepal Times
Nepal Times
3
Shares

शनिबार २२६ निको हुँदा ८४३ नयाँ संक्रमित थपिए

शनिबार २२६ निको हुँदा ८४३ नयाँ संक्रमित थपिए

४ वैशाख, काठमाडौँ ।
नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये ७ सय ६८ जना पीसीआर र ७५ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार २२६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हाल देशभर ५ हजार ५ सय ४५ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो २४ घण्टामा ५ हजार३ सय ३३ पीसीआर परीक्षण गरिएको छ भने ६ सय ७१ एन्टिजेन परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट थप पाँच जनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ७५ पुगेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.