×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

शरणार्थी प्रकरणको के छ अपडेट ?

५ जेष्ठ २०८०

५ जेठ, काठमाण्डौ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन उप्रधानमन्त्रीदेखि बहालवाला सचिव समेत छन् । पक्राउ परेकाहरूलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुल गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ । यो प्रकरणमा पक्राउ पुर्जी जारी भइसकेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक फरार छन् ।

आरोपितमाथि प्रहरीले अनुसन्धान गरी त्यसको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । त्यसपछि सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदन अध्ययन गरी प्रक्रिया अगाडि बढाउनेछ ।
अहिलेसम्म पक्राउ परेका १६ आरोपित :
१. टोपबहादुर रायमाझी – तत्कालीन उपप्रधानमन्त्री

२. बालकृष्ण खाँण – पूर्वगृहमन्त्री

३. टेकनारायण पाण्डे – बहालवाला सचिव (तत्कालीन गृहसचिव)

४. इन्द्रजित राई – तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार

५. आङटावा शेर्पा – तत्कालीन सभासद

६. शमशेर मियाँ – नेपाल हज समितिका अध्यक्ष

७. टेकनाथ रिजाल – भुटानी शरणार्थी नेता

८. सन्दीप रायमाझी – तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा

९. नरेन्द्र केसी – पूर्वगृहमन्त्री बालकृष्ण खाँणका पीए

१०. रामशरण केसी – बिचौलिया

११. गोविन्द चौधरी – बिचौलिया

१२. केशव दुलाल – बिचौलिया (तत्कालीन उपप्रधानमन्त्री सुजाता कोइरालाका पीए)

१३. सानु भण्डारी – बिचौलिया

१४. टंक गुरुङ – बिचौलिया

१५. सन्देश शर्मा पोखरेल – बिचौलिया

१६. सागर थुलुङ – बिचौलिया

भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै नेपाली नागरिकसँग पैसा असुलेर भएको ठगी प्रकरणमा पक्राउ परेका नेपाल हज समितिका अध्यक्ष शमशेर मिया र भुटानी शरणार्थी नेता टेकनाथ रिजालको भने आज बयान गर्न लागिएको छ।

बिहीबार पक्राउ परेका यी दुबै जनालाई बयानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं लैजान लागिएको प्रहरीले जनाएको छ। उनीहरुको बयान सकिएपछि मात्रै प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउने तयारी गरेको छ। बिहीबार जिल्ला प्रहरी परिसर काठमाडौंले मियालाई सिंहदरबार भित्रबाट पक्राउ गरेको थियो भने रिजाललाई झापामा पक्राउ गरेर काठमाडौं ल्याइएको थियो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै १ अर्ब रुपैयाँ भन्दा बढी ठगी प्रकरणमा उनीहरुको संलग्नता देखिएको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो। पक्राउ परेका दुबै जनालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद दिएको थियो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top