×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

शरणार्थी प्रकरणमा पूर्वएआइजीले गरे यस्तो खुलासा/खाणको कनेक्सन कसरी ?

२५ बैशाख २०८०

२५ वैशाख, काठमाण्डौ ।
नक्कली शरणार्थी प्रकरणमा एकपछि अर्काे गर्दै उच्च राजनीतिक नेतृत्व तानिदै आएको अवस्थामा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा समातिएका दुई जनालाई नेपाली कांग्रेस नेता बालकृष्ण खाण गृहमन्त्री हुँदा राजनीतिक दबाबमा छुटाइएको दाबी गरेका छन् ।

पूर्वएआइजी शर्माले यो प्रकरणबारे सामाजिक सञ्जाल टिकटकमा पनि त्यतिबेला के भएको थियो भनेर एउटा भिडिओ बनाएर पोष्ट गरेका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर लैजाने योजना बनाएको गिरोहले उनको सरकार ढलेपछि प्रहरीमा उजुरी गरेको उनको दाबी छ ।

उजुरी आएपछि प्रहरीको अपराध अनुसन्धान महाशाखाले दुई जना अभियुक्तलाई पक्राउ गरेको उनले बताएका छन्। त्यतिबेला खाण गृहमन्त्री थिए । ‘त्यतिबेला राजनीतिक दबाबमा ती दुई जनालाई छोडिएको थियो,’ शर्माले भनेका छन्। शर्मा २०७३ फागुनमा एआइजीबाट अवकाश भएका थिए।

उक्त भिडिओमा उनले थप भनेका छन्– सानु भण्डारीले अहिले फरार रहनुभएका उपप्रधानमन्त्री (टोपबहादुर रायमाझी) लाई मामा भन्थ्यो। उहाँसँग नजिक भयो। (रायमाझीले) सहज गरिदिएको भन्नुहुन्थ्यो। सहजीकरण मात्र गरिदिएको भए अहिले किन फरार हुनुपर्थ्यो?अगाडि आएर आफ्नो कुराहरू भनेको भए हुन्थ्यो।

उहाँको छोरा उहाँसहित भएपछि आत्मबल बढ्यो अगाडि बढेको काम गर्न थाले। काम गर्न थालेपछि पैसा दिन सक्ने नक्कली शरणार्थी खोज्न थाले। पूर्वमा झापा मोरङ, पश्चिममा दाङ, प्युठान, सल्यान, मोरङ, रूकुम, रोल्पा, गोरखामा मान्छे खोज्न थाले। यो बीचमा रामबहादुर थापा पनि गृहमन्त्री भए। इन्द्रजित राई सुरक्षा सल्लाहकार भए।

राई सँगै रामबहादुर थापाका छोरा पनि त्यसमा संलग्न हुन थाले। पीडितहरुलाई फोटो देखाएर पनि आश्वस्त पार्न थालियो। त्यतिखेर बादलको छोरा र तत्कालिन उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा (दिपेश पुन) मिलिभगतमा गृह प्रशासनमा नराम्रो हस्तक्षेप थियो भने कुरा सर्वविदितै छ। इन्द्रजित राई आउपछि गृह प्रशासन थप मिल्न थाल्यो।

कति शरणार्थी छुटेको भन्ने पत्ता लगाउन त्यतिबेला सहसचिवको संयोजकत्वमा गठित कार्यदलका तीन जना गएका हुन्। ४२९ जना छुटेको नामावली उनीहरूले ल्याए। त्यसमै १२५ जना विचौलियाहरूले थपेका पाइएको थियो। त्यसपछि एमालेको सरकार ढल्यो।

शेरबहादुर देउवाको सरकार आएपछि हल्लीखल्ली भयो। पैसा पनि लिइसकेको थियो, केही पैसा पनि फिर्ता गरे। पैसा फिर्ता नहुनेहरू प्रहरीमा उजुरी लिएर गए। त्यतिखेर प्रहरीले दुई जनालाई समातेको थियो। पछि राजनीतिक दबाबमा छोडेको हो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top