Nepal Times
Nepal Times
3
Shares

शाहिद अफ्रिदी आइतबार माउण्टेन फ्लाइटमा जाने

शाहिद अफ्रिदी आइतबार माउण्टेन फ्लाइटमा जाने

८ असोज, काठमाडौं ।

एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्न नेपाल आएका पाकिस्तानी स्टार क्रिकेटर शाहिद अफ्रिदी माउण्टेन फ्लाइटमा जाने भएका छन् । उनी आइतबार माउण्टेन फ्लाइटमा जाने कार्यक्रम छ ।

यतिले हरेक शनिबार र आइतबार माउण्टेन फ्लाइटको योजना बनाएको छ । यसमध्ये आइतबारको उडानमा अफ्रिदी समेत रहने यति एयरलाइन्सले जानकारी दिएकाे छ  । कम्पनीले ८ हजार ८४८ रुपैयाँमा दुई वटा टिकट पाइने गरी प्याकेज बिक्री गरिरहेको छ ।

पर्यटकीय मौसम शुरु भएसँगै एयरलाइन्सहरुले अहिले माउण्टेन फ्लाइट पुनः शुरु गरिसकेका छन् । यतिसँगै बुद्ध एयरले माउन्टेन फ्लाइट गर्दै आएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.