×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

शिक्षामा गुणात्मक सुधार नभएसम्म समृद्धिको सपना पूरा नहुनेः पुष्पकमल

२२ मंसिर २०७६
Warning: Trying to access array offset on null in /var/www/html/wp-content/plugins/elementor/includes/widgets/video.php on line 1203

२२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले विकास, समृद्धि र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले विशेष महत्व दिएको बताएका छन् ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका स्थित एक विद्यालय भवनको आइतबार समुद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा गुणात्मक सुधार नभएसम्म देशमा समृद्धि, विकास र सभ्यताको सपना पुरा नहुने बताएका हुन् ।

उनले आफ्नो पार्टीले चुनावमा शिक्षामा गुणात्मक सुधार राख्ने दृढता जनतासमक्ष राखेको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सरकारले कम्तिमा पनि २० प्रतिशत बजेट शिक्षाको सुधारका लागि छुट्याउनुपर्ने बताए ।

उनले सरकारले प्रविधिमैत्री व्यवसायीक शिक्षा उपलब्ध गराउने योजना सहित व्यवसायीक र प्रविधिको अनुपात ७० प्रतिशत र सैद्धान्तिक शिक्षाको अनुपात ३० प्रतिशत हुनेगरी राष्ट्रिय शिक्षा नीति ल्याउन लागिएको जानकारी समेत दिए ।

उनले शिक्षा क्षेत्रमा बढ्दै गएको व्यापारिकरणलाई कम गर्न सामुदायिक विद्यालयको गुणस्तर सुधार अनिवार्य रहेको समेत बताए ।

अध्यक्ष दाहालले प्राविधिक र व्यवसायिक शिक्षाको विकास गरी देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले सामुदायिक विद्यालयमा प्राविधिक र व्यवसायीक शिक्षा उपलब्ध भएपछि रोजगारीका लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने समेत बताए ।

Scroll to Top