Nepal Times
Nepal Times
3
Shares

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छः शिक्षा मन्त्री

शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता छः शिक्षा मन्त्री

१७ फागुन, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता औँल्याएका छन् ।

सोमबार पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) को तेश्रो दिक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले शिक्षा क्षेत्रमा परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।

नेपालमा राजनीतिक परिवर्तनहरु भएपनि पूरानै शिक्षा ऐन अनुसार काम गर्नुपर्ने बाध्यता रहेकाले पूरानो शिक्षा ऐनलाई पनि परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको उनले उल्लेख गरे । अहिलेपनि शिक्षा ऐन २०२८ अनुसार नै काम गर्नुपर्ने अवस्था रहेकाले पूरानै ठाउँमा उभिएर नयाँ परिवर्तनको महसुस गर्न नसकिने उनको तर्क थियो ।

उनले भने – ‘नेपालको शिक्षा नीतिको सन्दर्भमा अहिले म जुन ठाउँमा उभिएको छु, म सन्तुष्ट छैन । शिक्षामा एउटा आमुल परिवर्तन अहिलेको आवश्यकता हो । नयाँ परिवर्तनमा जानुपर्छ । अहिलेपनि २०२८ सालको ऐनमा चलिरहेको छ शिक्षा मन्त्रालय । पञ्चायती कालको शिक्षाको ऐन अनुसार । अहिले पनि मैले शिक्षा मन्त्रालयमा तोक सदर गर्नुप¥यो भने शिक्षा ऐन २०२८ अनुसार लेखेको हुन्छ । के भन्या होला त्यो ? पञ्चायत निरंकुश निर्दलिय तानाशाही राजतन्त्रको एकछत्र रजाइँ सहितको सिस्टम गईसक्यो । बहुदल भन्ने चिज आयो । बहुदल पनि गइसक्यो । लोकतन्त्र र गणतन्त्र पनि आयो । नियम चाहिँ त्यही छ । यसमा चेन्ज हुनुपर्छ । यस्ता खालका पुरानै ठाउँमा उभिएर नयाँ परिवर्तन खोजेर पाइन्छ ? यो विज्ञानसम्मत् पनि भएन । यसकारण यसमा चेन्जको आवश्यकता छ ।’

मन्त्री श्रेष्ठले शिक्षा नीतिको सम्बन्धमा उच्चस्तरिय अधिकारसम्पन्न कार्यदल बनाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले भने – ‘शिक्षामा आमुल परिवर्तनका लागि हामीले उच्चस्तरको अधिकार सम्पन्न शिक्षा नीतिको सन्दर्भमा एउटा व्यवस्थित कार्यदल बनाएर अगाडी बढ्नुपर्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले अहिलेको राजनीतिक निकासको अन्तिम उपाय जनताको जनादेश भएको जिकिर गर्नुभयो । संसदबाट समस्याको समाधान ननिस्किने उनको भनाई छ । उनले आगामी मंसिर सम्ममा चुनाव हुने र चुनावको नेतृत्व पनि यही सरकारले गर्ने दाबी गरे ।

उनले भने – ‘यहि सरकारले केही ठेगान छैन आगामी बैशाखमा भनेकोमा जेठमा हुनसक्छ चुनाव, जेठ कट्यो भने मंसिर भन्दा पर जादैन र यो चुनावको अगुवाइ पनि यहि सरकारले गर्छ ढुक्क हुनुस् । के भन्या होला भन्ठान्नु हुन्छ ? पछि छलफल गरौँला ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजिनामा नदिने पनि स्पष्ट पार्नुभयो । सरकार हिजो भन्दा अहिले झनै शक्तिशाली भएको उनले दाबी गरे । दिक्षान्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिबिए बिषय सँग सम्बन्धित ६४ जना विद्यार्थीहरुलाई मन्त्री श्रेष्ठको हातबाट स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्रदान गरिएको थियो ।

दिक्षान्त समारोहमा एलबिइएफ ग्रुप अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जालान, काठमान्डौं विश्व बिद्यालयका उपकुलपति प्रा. डा. भोला थापा, एनबिसीसीआइ का अध्यक्ष राजेन्द्र खेतानले समेत मन्तव्य राखेका थिए । पीसीपीएस ले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एड मिनिस्ट्रेसन् बिषयहरुलमा स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ ।

यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनि सँंग साझेदारी गरि आर्टिपिÞmसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.