×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

टंकी सिनुवारी मोरङका भरत र जनार्दन रेग्मी दाजुभाइ हुन्। एकैठाउँमा बस्ने उनीहरुका धेरै कुरा मिल्छन्, २१ गतेको चुनावमा कसलाई भोट हाल्नेबारे भने रेग्मी दाजुभाइ दुई ध्रुवमा बाँडिएका छन्।

भरतलाई लाग्छ, यो क्षेत्रबाट यसपालि एमाले उम्मेदवार लालबाबु पण्डितले चुनाव जित्छन्। ‘लालबाबु पण्डितलाई भोट दिन्छु, यसपटक उनैले जित्छन्,’ उनले भने।

सँगै रहेका जनार्दनले दाइको कुरा पत्याएनन्। ‘यो त पहिल्यैदेखि कांग्रेसकोे गढ हो। त्यसमाथि शेखर कोइराला छन्। उनका अगाडि गच्छदार (विजयकुमार) को त केही लागेन भने लालबाबु?’ उनले भने।

भाइको कुरा भुइँमा खस्न नपाउँदै भरतले हिसाब सुनाए, ‘यसपटक लालबाबुले चार हजार मतको अन्तरले जित्छन्।’

जनार्दनले उनको हिसाब पनि पत्याएनन्, ‘प्रतिस्पर्धा छ तर बाजी शेखरले नै मार्छन्। धेरै मतको अन्तर भने हुन्न होला।’

रेग्मी दाजुभाइलाई अरु बेला राजनीतिको खासै चासो हुन्न। चुनावको बेला भने विराटनगरमा त्यसै माहोल तातिने उनीहरुको अनुभव छ।
राणाविरोधी र प्रजातन्त्र प्राप्तिको आन्दोलनको केन्द्र विराटनगरमा निर्वाचनको बेलामा चर्चा र गरमागरम नहुने कुरै भएन।

कोइराला परिवारको लामो इतिहास रहेको विराटनगरमा यसपालि सो परिवारको विरासत जोगाउन शेखर कोइराला मोरङ–६बाट उम्मेदवार छन्।

उनको परिवारका तीन जना मुलुकको प्रधानमन्त्री भैसकेका छन्—मात्रिका, वीपी र गिरिजाप्रसाद कोइराला।

विपिका भाइ र गिरिजाका दाजु केशव कोइरालाका छोरा हुन्, शेखर।

शेखरका लागि राजनीति नौलो विषय होइन। २०४८ सालमै काका गिरिजाप्रसादलाई मोरंङ –१ बाट जिताउन चुनावमा खटिएका कोइराला यसअघि नै मोरङ–६ बाट दुई पटक निर्वाचित भैसकेका छन्।

मोरङ–६ कांग्रेसको बलियो प्रभाव क्षेत्र हो। स्थानीय चुनावमा यो क्षेत्रमा पर्नेे धेरै वडा कांग्रेसले जितेको छ। यहाँ बलियो प्रभाव रहेको अर्को दल विजयकुमार गच्छदार नेतृत्वको लोकतान्त्रिक फोरम मिसिएपछि त कांग्रेस झनै बलियो भएको छ।

यो क्षेत्रबाट गच्छदार २०६४ सालको संविधान सभामा विजयी भएका थिए। २०७० मा उनी शेखरसँग पराजित भए।

मोरङ– ६मा विराटनगर महानगरपालिकाक ४,५,६,७,११,१२ र १३ वडा पर्छन्। महानगरका ७ वटावडा मध्ये २ मा कांग्रेस, २ मा वडा एमाले र एउटामा माओवादी केन्द्र बिजयी भएको छ।

सुन्दर हरैचा नगरपालिकाका २ देखि ७ सम्मका वडा यही क्षेत्रमा पर्छन्। यी ६ वडामध्ये ५ मा कांग्रेस र एउटामा एमालेले जितेको छ।

यो क्षेत्रमा बुढीगंगा गाँउपालिका पनि पर्छ। गाँउपालिकाका ३ वडामा कांग्रेससँग एकता गरिसकेको नेपाल लोकतान्त्रिक फोरमले जितेको छ। एमालेले ३ वटा वडा र कांग्रेसले एउटा वडा जितेको छ।

स्थानीय चुनावमा वडाध्यक्षलाई आएको मतलाई मात्र आधार मान्ने हो भने शेखरअगाडि रहेका छन्। तर एमाले पनि कमजोर छैन।

राष्ट्रिय राजनीतिमा अलग व्यक्तित्व बनाएका लालबाबु पण्डितलाई एमालेले यो क्षेत्रमा उतारेपछि चुनावमा रौनक थपिएको छ। शेखरका लागि सजिलो मानिएको यो क्षेत्र अब प्रतिस्पर्धात्मक बनेको छ।

मालेको भूमिगत कालमै मोरङमा काम गरेका पण्डित यहाँका पुराना नेता हुन्। २०४८ सालमै उनी मोरङबाट सांसद चुनिएका थिए। त्यसैले लालबाबुले शेखरलाई कडा चुनौती दिने विश्वास एमालेको छ।

सेतोपाटी टिमले मोरङ –६ का गाँउ र नगरमा पर्ने सबै वडा पुगेर २०० भन्दा बढी मतदातासँग कुरा गर्दा यो क्षेत्रमा कडा प्रतिस्पर्धा छ भन्ने प्रष्टै देखियो।

हामीले दुई दिनमा २ सय ३१ जना मतदातासँग कुरा गर्यौं।

तीमध्ये शेखर र लालबाबुलाई मत दिन्छु भन्ने मतदाताबीच झिनो अन्तर छ। २ सय ३१ मध्ये १ सय ८ जनाले शेखरलाई भोट दिन्छु भने। लालबाबुलाई मत दिन्छु भन्ने ९९ भेटिए। १६ जना मतदाताले मत दिने पार्टी भन्न चाहेनन् भने ८ जनाले अन्य पार्टीलाई मत दिने बताए।

शेखरको क्षेत्रमा आएर पनि लालबाबु प्रतिस्पर्धात्मक देखिनुको मूल कारण पछिल्लो चुनावमा कांग्रेसलाई मत दिएका कतिपय मतदाताले यसपालि पण्डितलाई रोज्नु हो। २३१ मध्ये हामीले २८ जना यस्ता मतदाता भेट्यौं जसले अघिल्लो पटक शेखरलाई भोट हालेका थिए तर यसपालि पण्डितलाई भोट दिने निर्णयमा पुगेका छन्। विगतमा एमालेलाई मत दिएका ३ जना मात्रै मतदाता भेटिए जसले यसपालि कांग्रेसलाई मत दिने बताए।

पछिल्लो संविधान सभामा नेपाल लोकतान्त्रिक फोरमलाई भोट दिएका ९ जनाले यसपालि कांग्रेसलाई मत दिने बताए। जुन मतले कांग्रेसलाई सहज बनाउनेछ। फोरम लोकतान्त्रिकको मत पनि जोडिएकाले मात्र शेखरलाई यहाँ केही राहत भएको हो। नत्र उनको जित झनै चुनौतीपुर्ण हुने थियो।

स्थानीय चुनावमा यो क्षेत्रमा कमजोर देखिएको एमाले कसरी शेखरको बलियो प्रतिद्वन्द्वी बन्यो?

एमाले कार्यकर्ताहरु स्थानीय चुनावमा पार्टी कमजोर थियो भन्ने नै मान्न तयार छैनन्।

सुन्दरहरैचा –५ का जीवन दाहालले यो क्षेत्रका स्थानीय तहमा एमाले बलियो भए पनि आन्तरिक विवादले हारेको बताए। ‘यो क्षेत्रमा एमाले बलियो हो तर आन्तरिक विवादले हार्नु पर्यो। यो पटक त्यस्तो हुँदैन,’ उनले भने,‘अहिले त एमाले र माओवादी मिलेका छन् त्यो भोट पनि यतै आउँछ।’

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top