Nepal Times
Nepal Times
3
Shares

शेरनीको सुटिङ गरिरहेका बलिउड अभिनेता विजय राज पक्राउ

शेरनीको सुटिङ गरिरहेका बलिउड अभिनेता विजय राज पक्राउ

१९ कार्तिक, एजेन्सी ।
बलिउड अभिनेता विजय राजलाई गोंडिया प्रहरीले पक्राउ गरेको छ ।

यद्यपि, स्थानीय अदालतबाट उनले जमानत पाएका छन् । विजय राजमाथि उत्पीडनको आरोप लागेको छ । भारतीय मिडियामा प्रकाशित समाचार अनुसार विजय राजलाई महाराष्ट्रको गोंडियामा एक होटलबाट मंगलबार बिहान पक्राउ गरिएको थियो ।

एएनआईले गोंडियाका प्रहरी अधिकारी अतुल कुलकर्णीलाई उद्धृत गर्दै विजय राजविरुद्ध सोमबार बेलुका ऊजुरी परेकोे र उनलाई मंगलबार बिहान पक्राउ गरिएको जानकारी दिएको छ ।

उनीमाथि क्रुकी महिला सदस्यले उत्पीडनको आरोप लगाएकी हुन् । रिपोर्टका अनुसार विजय मध्य प्रदेशको बालाघाटमा शेरनीको सुटिङ गरिरहेका थिए, त्यहाँबाट युनिट विदर्भ इलाकामा गोडिंयामा सुटका लागि गयो ।

त्यहाँ सबैजना एउटै होटलमा बसेका थिए । आरोपका अनुसार ती सदस्यले उनीमाथि त्यहिँ छेडछाडको आरोप लगाएकी हुन् । रिपोर्टमा दाबी गरिए अनुसार विजय राजमाथि आरोप लागेपछि फिल्मको सुटिङ रोकिएको छ ।

शेरनीलाई अमित मासूरकरले निर्देशन गरिरहेका छन् । फिल्ममा विद्या बालनको मुख्य भूमिका छ । ५७ वर्षका विजय राज बलिउडका उत्कृष्ट अभिनेतामा पर्छन् । उनले धमाल, वेलकम, दीवाने हुए पागल, रघु रोमियो, मुम्बई एक्सप्रेसजस्ता फिल्ममा अभिनय गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.