Nepal Times
Nepal Times
3
Shares

शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न पुष्पकमलको आग्रह

शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न पुष्पकमलको आग्रह

साउन २७, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकासमा योगदान गर्न सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको दावी पनि गरे । उनले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई प्रतिवेदन बुझाएर महत्वपूर्ण योगदान पु¥याएको पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले सरकारले शिक्षा क्षेत्रको सुधारकालागि आवश्यक कानुन निर्माणको कामलाई पनि तीब्रता दिइरहेको बताए । उनले मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन पनि शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

सोमबार काठमाडौंमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रममा बोल्दै उनले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने सरकारको संकल्प कल्पनामा मात्रै सीमित हुने पनि बताए ।

अध्यक्ष दाहालले विकसित देशहरुले पनि शिक्षालाई उच्च प्राथमिकता दिने गरेको स्मरण गराउँदै नेपाल जस्तो अल्पविकसित मुलुकले समृद्धिको अभियानलाई सार्थक बनाउन शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुनैपर्ने बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.