Nepal Times
Nepal Times
3
Shares

श्रमिकहरुलाई राहत उपलब्ध गराउने प्रदेश १ सरकारको तयारी

श्रमिकहरुलाई राहत उपलब्ध गराउने प्रदेश १ सरकारको तयारी

१४ चैत, विराटनगर ।
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आव्हन गरेको कोरोना भाइरस नियन्त्रण रोकथाम सम्बन्धि सर्वपक्षीय छलफल सम्पन्न भएको छ । मुख्यमन्त्री राईले शुक्रबार दिउँसो मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वपक्षीय बैठक बोलाएर सरोकारवाला पक्षहरुसँग सुझाव लिएका हुन ।

मुख्यमन्त्री राईले आपूर्ति व्यवस्था सहज बनाउन र दैनिक ज्यालादारी श्रमिकहरुलाई राहत प्याकेज उपलब्ध गराउने विषयमा सरोकारवाला पक्षहरुसँग सुझाव लिएका हुन् । त्यस्तै मुख्यमन्त्री राईले प्रदेश सरकारले अहिलेसम्म कोेरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारको लागिगरेका कामको बारेमा जानकारी गराएका थिए । उनले थप प्रभावकारी ढंगले अगाडि बढ्नको लागि सरोकारवाला पक्षहरुको राय लिएका थिए ।

बैठकमा राजनीतिक दलका नेता, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरु, स्थानीय तहका जनप्रतिनिधि, अस्पतालका प्रतिनिधि, उद्योगी, व्यवसायीका प्रतिनिधिहरुको उपस्थिति थियो । बैठकमा उनीहरुले प्रदेश सरकारले अगाडि बढाएका नीतिहरुलाई कार्यान्वयन गर्न एकजुट भएर लाग्ने बताएका थिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.