×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

श्रम गर्न गएका नेपाली किन परे जेल ?

२७ चैत्र २०८०

२७ चैत ,एजेन्सी ।

नेपालबाट दैनिक १७ सयको हाराहारीमा नेपाली श्रमिकहरु कामको खोजीमा विदेश गइरहेका छन् । विदेशमा काम गर्न जानु पक्का पनि सजिलो छैन, त्यसैले आफु जान लागेको देशको बारेमा राम्रो जानकारी राख्न आवश्यक छ । त्यो देशको भाषा संस्कृति, रहन–सहन, चालचलन, रितिरिवाज र कानूनको बारेमा जान्नै पर्ने हुन्छ । विदेशमा गएर जानजान कानूनले वर्जित गरेका कामहरु गर्नु भनेको आफु, आफ्नो परिवारलाई भड्खालोमा हाल्नु त हो नै देशलाई पनि लज्जित पार्नु हो ।

तर कहिलेकाँही कानूनी जानकारीको अभावमा पनि वैदेशिक रोजगारीमा गएका नेपालीहरुले धेरै सास्ती खेप्नु परेको छ । साउदी अरब नेपालीहरुको मुख्य श्रम गन्तब्यमध्येको एक हो । त्यहाँ अहिले कानूनी व्यवस्था थाहा पाउँदा पाउँदै गरेका गल्ती, अपराधका कारण वा थाहा नपाएर र परिवन्धमा परेर पनि सयौं नेपालीहरु जेलमा थुनिएका छन् । अहिले रोजगारीको सिलसिलामा साउदी अरब पुगेका ६ सय १५ नेपाली कारागारमा छन ।

विभिन्न मितिमा पक्राउ परेका नेपालीको यो तथ्यांक साउदी प्रशासनले नेपाली राजदूतावासलाई उपलब्ध गराएको हो । कारागारमा रहेकामध्ये धेरै मदिरासँग सम्बन्धित आरोपमा पक्राउ परेका छन । अवैध रूपमा घरेलु मदिरा उत्पादन, बिक्री–वितरण र ओसारपासार गरेको आरोपमा तीन सय ७८ नेपाली पक्राउ परेका छन । त्यस्तै, एक सय ३३ नेपाली लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेको तथ्यांक दूतावासले पाएको छ ।

पाँच नेपालीमाथि हत्याको आरोपमा अदालतमा मुद्दा चलिरहेको छ । फैसला हुन नसक्दा उनीहरू पुर्पक्षका लागि कारागारमा छन । त्यसबाहेक ११ नेपालीमाथि घुस लिएको, सातजनामाथि कुटपिटमा संलग्न भएको, चारजना अनैतिक क्रियाकलापमा संलग्न रहेको, ६ जना राहदानीसम्बन्धी समस्यामा, २० जना बेइमानी गरेको, १८ जना चोरी र तीनजना लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन ।

साउदी अरबमा खुला रूपमा मदिरा उत्पादन, बिक्री–वितरणमा रोक छ । दुई महिनाअघि साउदीले राजधानी रियादमा कूटनीतिक क्षेत्रका अधिकारीलाई लक्षित गरी मदिराको पसल सञ्चालनमा ल्याए पनि खुला बिक्री गर्न पाइँदैन । रियादस्थित नेपाली दूतावासका सूचना अधिकारी टोपनारायण गिरीले मदिरा बनाउने, बेच्ने, सेवन गर्ने गरेको सूचना दूतावासमा पनि प्राप्त भएको बताए ।

कारागारमा रहेकामध्ये रमजानको अवसरमा रिहाइ गर्न मिल्नेलाई रिहाइ गरिदिन साउदी सरकारलाई अनुरोध गरिएको गिरीले बताएका छन् । साउदीका लागि नेपाली राजदूत नवराज सुवेदीले कतिपय नेपालीले तोकिएको सजाय भुक्तान गरे पनि रिहाइ हुन नसकेको र कतिपयको मुद्दा अदालतसम्म नपुगेको बताए ।

अदालतले तोकेभन्दा बढी समय जेल बसेर रिहाइ हुन नसकेका र हराइरहेकाको सूची साउदीको परराष्ट्र मन्त्रालयमार्फत रियादका गभर्नर, साउदी महान्यायाधिवक्ता र मानव अधिकार आयोगका सभापतिलाई भेटेर बुझाइएको उनले बताए । राजदूत सुवेदीका अनुसार वैदेशिक रोजगारीमा आउनेका लागि साउदीमा भाषागत समस्या हुने भएकाले आधारभूत अरेबिक भाषाको ज्ञान र प्रशिक्षणको व्यवस्थाका लागि श्रम मन्त्रालयमा अनुरोध गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top