Nepal Times
Nepal Times
3
Shares

श्रीमतीको हत्या अभियोगमा अर्घाखाँचीबाट एकजना पक्राउ

श्रीमतीको हत्या अभियोगमा अर्घाखाँचीबाट एकजना पक्राउ

२८ असोज, बुटवल । श्रीमतीको हत्या अभियोगमा एकजना अर्घाखाँचीबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गुल्मीको ईस्मा गाउंपालिका वडा–२ हल्दीटारा घर भइ हाल अर्घाखाँची छत्रदेब–८ मा डेरामा बस्ने बर्ष ४३ का लाल बहादुर कुमाल रहेका छन् ।

उनले असोज २७ गते दिउसो आफ्नो श्रीमती बर्ष ३० की सिता कुमाललाई कुटपिट गरी हत्या गरेका थिए ।

श्रीमतीको हत्यापछि फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय अर्घाखांचीका प्रहरी निरीक्षक सुजन शाहको नेतृत्वमा खटिएको ७ जनाको टोलीले पक्राउ गरेको हो ।

कुमाललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी अमर थापाले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.