×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्री एयरको जहाजको ढोका खुलेपछि ३० मिनेट आकाशमै घुम्यो

२३ जेष्ठ २०८०

२३ जेठ, काठमाण्डौ ।
काठमाडौंबाट धनगढीतर्फ उठेको श्री एयरलाइन्सको जहाज अचानक समस्या आएपछि काठमाडौं फर्किएको छ । कैलालीको धनगढीतर्फ उडेको श्री एयरलाइन्सको एउटा जहाज ‘प्रेसराइजेसन फेलियर’ भएपछि त्यहाँ नपुगी काठमाडौं नै फिर्ता आएको हो ।

मंगलबार बिहान ८ बजेर १० मिनेटमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘टेकअफ’ लिएको जहाजमा प्रेसराइजेसन फेलियर भएको थियो । त्यसपछि जहाज ५० माइल टाढा पुगेर फिर्ता आएको थियो । उक्त जहाज काठमाडौंमा सुरक्षित रूपमा अवतरण भएको हो ।

जहाजले टेक अफ लिएर ‘क्लाइम्ब’ गर्ने बेलामा बाहिरको एयर प्रेसर र क्याबिनको एयर प्रेसर सन्तुलन गर्ने सिस्टममा समस्या आएपछि फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । जसका कारण उडिरहेको विमानको ढोका आकाशमै अचानक खुलेको थियो ।

३० मिनेट आकाशमै घुमाएर काठमाडौं फर्काइएको हो । प्राविधिक समस्याका कारण एक्कासि आकाशमै ढोका खुलेको जानकारी प्राप्त भएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए । उनका अनुसार जहाज उडेको १० मिनेटमै एयर प्रेसर फेलियर भएको थियो ।

भित्र र बाहिरको हावाको चाप नियन्त्रण गर्ने क्रममा प्राविधिक समस्या आएर विमानको ढोका खुलेको हो । विहान ८ बजेर १० मिनेटमा काठमाडौंबाट उडेको श्री एयरलाइन्सको २२१ जहाज आकाशमै ढोका खुलेपछि ८ बजेर ३८ मिनेटमा काठमाडौं विमानस्थलमै अवतरण गरिएको थियो ।

जहाजमा करिब ८० जना यात्रु रहेको र ती यात्रुलाई अर्को जहाजमा धनगढी पठाइएको एयरलाइन्सले जनाएको छ । करिब २ घण्टाको प्रतीक्षापछि श्री कै अर्को ढल्–ब्लच जहाज र क्याप्टेन सुगम घिमिरे सहितको चालक दलको टोलीले काठमाडौँबाट उडाएर धनगढी बिमानस्थलमा अवतरण गरेको यात्रुहरुले बताएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top