×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति माग्यो

५ पुष २०७४

श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न प्रक्रिया अगाडि बढाएको छ। गएको भदौदेखि आन्तरिक उडान सुरु गरेको श्रीले नेपाल नागरिक उड्ययन प्राधिकरणसँग अनुमति माग गरेको हो।

बम्बार्डियर सिआरजे सिरिजका तीन वटा जेट विमानबाट आन्तरिक उडान गरिरहेको श्रीले क्षेत्रीय उडान गर्ने भन्दै अनुमति माग गरको श्रीका अध्यक्ष सुधिर मित्तलले जानकारी दिए।

पहिलो चरणमा क्षेत्रीय उडान गर्ने योजना बनाएको उसले भारतका विभिन्न सहरमा काठमाडौंबाट उडान गर्ने छ। सिआरजे–७०० सिरिजका ७० र ९० सिटे विमानबाट उडान गर्ने कम्पनीले जनाएको छ।

हाल एउटा ७० सिटे र दुईवटा ५० सिटे विमान भएको श्रीले आगामी दिनमा विमान थप गरेर उडान गर्ने बताएको छ।नेपालमा अहिले विदेशी एयरलाइन्सको बाहुल्यता हुँदा भाडा महँगो र सेवामा गुणस्तर नभएको भन्दै श्रीले गुणस्तरीय यात्रा सस्तोमा गराउने महात्वाकांक्षी योजना बनाएको छ।

विदेशी एयरलाइन्सको हिस्सा धेरै भएकोले नेपालबाट बाहिरिने रकम पनि धेरै भएकाले स्वदेशी कम्पनीहरुलाई प्राथमिकता दिइनुपर्ने अध्यक्ष मित्तलले बताए।

‘विदेशबाट नेपाल आउनेलाई भाडा बढेको छ, यहाँ उनीहरुको हिस्सा पनि बढी छ, स्वदेशी कम्पनीलाई प्राथमिकता दिएमा अर्थतन्त्रमै सकारात्मक योगदान पर्नेछ’ उनले भने।

नेपालमा सबभन्दा बढी हवाइमुभमेन्ट भारतसँग रहेको छ। यस्तो अवस्थामा भारतीय तीन र नेपाल एयरलाइन्सले मात्र उडान गरिरहेका छन्।

श्रीले प्राधिकरणबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाउन केही समय भने लाग्ने देखिन्छ। हालै मात्र उडान अनुमतिको कानूनी व्यवस्था परिमार्जन गरी खुकुलो बनाउने प्राधिकरणको तयारी छ।

अनुमति पाएपछि विमान थप गरी उडान सुरु गर्ने मित्तलले जानकारी दिए। हेलिकप्टर सेवाबाट आएको एयरलाइन्सले आन्तरिक उडान सुरु गरेको ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडानको लागि अनुमति माग गरेको हो।

श्रीले यसअघि नै नेपालगन्जलाई क्षेत्रीय विमानस्थल बनाएर आफूहरुलाई त्यहीबाट भारत उडान गर्ने अनुमति दिन प्रस्ताव गरेको थियो।

श्रीका अधिकारीहरुका अनुसार उक्त विमानस्थलमा आफूहरुलाई क्षेत्रीय उडानको अनुमति दिएमा छ महिनासम्म एक्लै चलाइदिने बाचा कम्पनीले गरेको थियो।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top