×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

श्रेष्ठलाई काउन्सिलको कार्यवाहक अध्यक्षमा काम गर्नबाट नरोक्न सर्वोच्चको आदेश

३ भाद्र २०७७

३ भदौ, काठमाडौँ ।
सर्वोच्च अदालतले प्रेस काउन्सिल, नेपालको कार्यवाहक अध्यक्षमा किशोर श्रेष्ठलाई काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले कार्यवाहक अध्यक्षबाट श्रेष्ठलाई नहटाउन अन्तरिम आदेश दिएको हो ।

श्रेष्ठलाई हटाएर मन्त्रिपरिषद्को सोमबारको बैठकले दुर्गा भण्डारीलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । सरकारको निर्णयविरुद्ध सरकारद्वारा हटाइएका श्रेष्ठ सर्वोच्च अदालत गएका थिए ।

सर्वोच्चले जारी गरेको अन्तरिम आदेशमा सरकारले प्रेस काउन्सिलको नियवमावली संशोधन गरेर भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिँदा काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्ने भनिएको छ ।

सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशमा भनिएको छ– ‘यस अवस्थामा विवादित नियम ३(क) को प्रावधान तत्काल कार्यान्वयनमा ल्याइएमा निवेदक प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्नसक्ने अवस्था देखिएको हुँदा सुविधा सन्तुलनका दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखियो । उक्त संशोधित (थप गरिएकों) नियम ३ (क) हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राखी प्रेस काउन्सिलका भइरहेका कार्यवाहक अध्यक्षलाई हटाउने कार्य नगर्नु, नगराउनु । निजलाई साविक बमोजिम काम गर्न दिनबाट नरोक्नू ।’

आइतबार प्रेस काउन्सिलको सदस्यमा नियुक्त भएकी भण्डारीलाई मन्त्रिपरिषद्ले सोमबार नै कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो । प्रेस काउन्सिलका सदस्यहरूले वरिष्ठ सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने व्यवस्था नियमावलीमा रहेकोमा उक्त व्यवस्थाका अतिरिक्त व्यवस्था थप गरेर मन्त्रिपरिषद्ले कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनसक्ने व्यवस्था राखिएको थियो । जसले विवाद सिर्जना भएको थियो ।

भण्डारीलाई कार्यवाहक अध्यक्ष नियुक्त गरिएकोमा प्रमुख प्रतिपक्षी दलले सरकारको आलोचना गरेको थियो । नेपाल पत्रकार महासंघले पनि सरकारले गरेको नियुक्तिबारे सल्लाह नगरिएको जनाएको थियो । सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा भण्डारीलाई तोकेपछि काउन्सिलका सदस्य चेतनाथ धमलाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top