×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

संकट साम्य पार्न खोज्दै शीतल निवास

१९ मंसिर २०७७

काठमाडौँ : गत वर्ष पुस ५ गते नेकपाको स्थायी कमिटी बैठक चलिरहेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्थायी कमिटीका नेताहरूलाई शीतल निवासमा लञ्च मिटिङका लागि बोलाइन् । राष्ट्रपतिको आतिथ्य ग्रहण गर्न गएका नेताहरू निर्धारित ११ बजे उपस्थित नभएपछि कार्यकारी अध्यक्षको जिम्मेवारी पाएर पहिलो पटक बैठक सञ्चालन गरिरहेका पुष्पकमल दाहाल आक्रोशित भए ।

राष्ट्रपति निवासबाट हस्याङफस्याङ गर्दै आएका नेताहरूलाई उनले चर्कंदै भनेका थिए, ‘पार्टीको बैठक बसिरहेका बेला राष्ट्रपतिले किन नेताहरूलाई बोलाउने ? राष्ट्रपतिले बोलाउँदैमा जाने ? पार्टी अनुशासनमा बस्नुपर्दैन ?’ अन्य नेताहरूलाई अनुशासनको प्रश्न गर्ने दाहाल आफैं भने राष्ट्रपतिकहाँ गएको गयै गर्छन् । जब पार्टीभित्र संकट आउँछ, दाहालकै जस्तो दौडधुप अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पनि चल्छ ।

पदीय जिम्मेवारीअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको भेट अन्य नेताहरूको जस्तो अस्वाभाविक हुँदैन तर पार्टीमा विवाद बढेका बेला प्रधानमन्त्रीकै भेटघाट शृंखला बाक्लिन्छ । संकटका बेला ओली र दाहाल शीतल निवासको छहारीमा जाने क्रमले बिहीबार पनि निरन्तरता पायो । पार्टीभित्र एकअर्कालाई लिखित आरोप–प्रत्यारोप गरेका ओली र दाहाल बिहीबार छुट्टाछुट्टै रूपमा राष्ट्रपति भण्डारीलाई भेट्न गए । ओली र दाहालबीच पानी बाराबारबाट संवादमा लैजाने रणनीतिअनुसार नेकपाको बैठक स्थगित भएका बेला उनीहरू भण्डारीलाई भेट्न पुगेका हुन् । ओली बिहान र दाहाल अपराह्न शीतल निवास पुगेका थिए । दुवैका सचिवालयले भेटलाई सामान्य र नियमित भनेका छन् । तर विगतमा जस्तै यस पटक पनि दुई नेतालाई संकटबाट बाहिरिन र मिलेर जान राष्ट्रपतिले सहजीकरण गरेको बुझ्न कठिन छैन ।

ओलीविरुद्ध दाहालले आरोपसहितको प्रस्ताव पार्टी सचिवालयमा ल्याएपछि गत मंसिर २ मा पनि राष्ट्रपति भण्डारीले दुवै नेतालाई छुट्टाछुट्टै भेटेकी थिइन् । राष्ट्रपति भण्डारीले दुवैलाई सहमतिका साथ अघि बढ्न सुझाव दिएकी थिइन् तर त्यसपछि सचिवालयमा झन् तिक्तताको स्थिति उत्पन्न भयो । राष्ट्रपतिसँग भेटेको भोलिपल्ट ओलीले दाहालका आरोपको मौखिक जवाफ दिए । १३ गतेको अर्को बैठकमा ओलीले दाहालविरुद्ध ३८ पृष्ठको प्रत्यारोप पेस गरे । गत मंगलबारको बैठकमा ओली र दाहालबीच फेरि भनाभन भयो । यही कारण बुधबार ओली नै अनुपस्थित भएपछि आउँदो २० गतेसम्मका लागि बैठक स्थगित भएको छ । बैठक स्थगनको समय पारेर ओली र दाहाल राष्ट्रपतिकहाँ पुगेका हुन् ।, याे समाचार कान्तिपुर दैनिकमा छापिएकाे छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top